ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
कारोलिनास रुपन्देही जुनियर स्टार क्रिकेट लिग

देवदह लिगको पहिलो स्थानमा

२० मंसिर २०७९, मंगलवार
२० मंसिर २०७९, मंगलवार

स्वस्तिक श्रेष्ठ
बुटवल, २० मंसिर ।

रुपन्देहीमा जारी कारोलिनास रुपन्देही जुनियर स्टार क्रिकेट लिग २०७९ मा देवदह ड्रेगन पहिलो स्थानमा कायम रहेको छ । लिगको पहिलो चरणको ४ खेलहरु सकिदा देवदहले ३ मा जित निकाल्दै ६ अंकसहित ३.६०२ रनरेटका साथ पहिलो स्थानमा रहन सफल भएको हो । यसैगरी जिबिआईसिए सैनामैना ३ जित र एक हारसहित ६ अंकसहित २.९६५ रनरेटसहित दोस्रो स्थानमा छ । ओमसतिया स्टार्स भने ४ खेलमध्ये २ जित र दुई हार खेल्दै ४ अंकसहित ३.६६५ रनरेटसहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । यसैगरी सिद्धार्थ वरियर्स पनि २ जित र २ हार खेल्दै ४ अंकसहित २.९१६ रनरेट चौथो, तिलोत्तमा टाईटन्स २ जित २ हार खेल्दै ४ अंकसहित पाचौ तथा बुटवल युनाईटेड ४ खेलमै हार ब्यहोर्दै अंकतालिकाको पुछारमा रहेको छ ।

स्टार क्रिकेट एकेडेमीको आयोजनामा देवदहस्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको टप रन स्कोरको सूचीमा देवदहका शेजाद आलम उक्लिएका छन । उनले ६६.६७ को एभरेजमा २ सय रन बनाउँदै पहिलो स्थानमा रहेका हुन । तिलोत्तमाका सन्दिप यादव १ सय १७ रन बनाउँदै ३९ एभरेजसहित दोस्रो, तिलोत्तमा अलराउण्डर बिप्रसन केसी १ सय २ रन बनाउँदै ३४ एभरेजका साथ तेस्रो, सिद्धार्थनगर वारियर्सका अभिषेक यादव ९४ रनसहित २३.५ एभरेजका साथ चौथेै तथा ओमसतिया स्टार्सका नन्दलाल चाई ९१ रनसहित २३.५ एभेरेजका साथ पाँचौ स्थानमा रहेका छन् ।

यसैगरी उत्कृष्ट बलिङमा तिलोत्तमाका विपर्सन केसी १३ विकेट बनाउँदै पहिलो स्थान, सिद्धार्थनगर वारियर्स अर्जुन करुस ९ विकेटसहित दोस्रो, ओमसतियाका सुभम खनाल ९ बिकेट सहित तेस्रो, सैनामैनाका अमित अधिकारी ९ विकेटसहित चौथो तथा ओमसतियाका निरज मौर्या ७ विकेटसहित पाँचौ स्थानमा रहेका छन् ।

प्रतियोगितामा मदन भण्डारी स्पोर्टस एकेडेमीबाट प्रतियोगिताको प्रथम र द्वितिय पुरस्कार तथा स्थानीय विद्यालयहरुबाट खेलाडीको ड्रेस सहयोग भएको स्टार एकेडेमीका संचालक तथा पुर्व नेपाली राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले बताए । प्रतियोगिताको उपाधि विजेता टिमले नगद २० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद १० हजार रुपैयाँ कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरी विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा सिद्धार्थनगर वारियर्स, ओमसतिया स्टार्स, तिलोत्तमा टाईटन्स, बुटवल युनाईटेड, देवदह ड्रागन र जिबिआईसिए सैनामैना गरी ६ टिमहरु बीचमा खेल भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?