ट्रेंडिंग:

>> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित)

तीज गीतमा योग सन्देश, महिलाको सक्रिय सहभागिता

३१ श्रावण २०८२, शनिबार
३१ श्रावण २०८२, शनिबार

तिलोत्तमा, ३१ साउन ।

तीज पर्वको सांस्कृतिक उल्लासलाई योग र स्वास्थ्यसँग जोड्दै विष्णुपुर योग साधना केन्द्रले शनिबार तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । विश्व शान्ति तथा आध्यात्मिक विज्ञान समाजको समन्वयमा आयोजित उक्त कार्यक्रममा महिलाहरूले तीज गीतका माध्यमबाट योग सम्बन्धी सन्देश प्रवाह गरेका थिए ।

कार्यक्रमको उद्घाटन तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले गरेका थिए । उनले योग अभ्यासलाई दैनन्दिन जीवनमा समावेश गर्न सके शारीरिक तथा मानसिक स्वास्थ्यमा आमूल परिवर्तन ल्याउन सकिने धारणा व्यक्त गरे । नगरप्रमुख खाणले योग संस्कृतिलाई समाजमा विस्तार गर्न यस्ता कार्यक्रमहरूले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

 सो अवसरमा विश्व शान्ति तथा आध्यात्मिक विज्ञान समाजका केन्द्रीय सदस्य अर्जुन ज्ञवालीले योगले मानिसलाई आत्मिक शान्ति दिलाउने र सकारात्मक जीवनशैलीतर्फ अघि बढाउने बताए । तिलोत्तमा–४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले समुदायस्तरमै स्वास्थ्य सचेतना फैलाउने अभियानमा तीज मिलनजस्ता कार्यक्रम उपयोगी हुने उल्लेख गरे । त्यस्तै, विष्णुपुर टोल विकास संस्थाका अध्यक्ष विष्णु भण्डारीले योगलाई समाजमा व्यवहारिक अभ्यासको रूपमा स्थापित गर्न निरन्तर कार्यक्रम आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा सहभागी महिलाहरूले प्रस्तुत गरेका तीज गीतले मनोरञ्जन मात्र नभई योगाभ्यासको महत्वबारे गहिरो सन्देश पनि दिएको थियो । सहभागी सविता पौडेलले आफ्नो अनुभव सुनाउँदै भनिन्, “तीज मिलनले हामी महिलालाई संस्कृतिसँगै योग अभ्यासतर्फ प्रेरित गरेको छ । स्वास्थ्यप्रति सचेतना बढाउने यसरी रमाइलो ढंगले प्रस्तुत भएको कार्यक्रम निकै उपयोगी लाग्यो ।”

आयोजक संस्थाका अनुसार आगामी दिनमा पनि योगलाई समुदायमा प्रचार–प्रसार गर्ने, स्वास्थ्य चेतना अभिवृद्धि गर्ने र विशेषतः महिलालाई योगाभ्यासमा सहभागी गराउने उद्देश्यले निरन्तर कार्यक्रम सञ्चालन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?