© २०२३
बुटवल, ३० साउन ।
नक्कली प्रमाणपत्र प्रस्तुत गरेको आरोपमा अशोक कुमार साहलाई अदालतले ६ महिनाको कैद र १० हजार रुपियाँ जरिवाना तोकेको छ ।
विशेष अदालतले बुधबार फैसला सुनाउँदै, साहले २०६९ कात्तिक २५ मा राष्ट्रिय प्राथमिक विद्यालयमा राहत शिक्षक पदमा नियुक्ति पाउँदा पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको जनाएको छ ।
साहले कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालयबाट सन २००४ मा उत्तीर्ण भएको भनी पेश गरेको प्रमाणपत्र सो विश्वविद्यालय अन्तर्गत नरहेको पत्रबाट पुष्टि भएको अदालतको ठहर छ । त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले जारी गरेको पत्रमा साहको प्रमाणपत्रको वास्तविकता नभएको उल्लेख गरिएको थियो ।
साहले नक्कली प्रमाणपत्र पेश गरेको पाएपछि उनलाई भ्रष्टाचार निवारण ऐन, २०७५ को दफा १६ को उपदफा (१) अनुसार दोषी ठहर गर्दै ६ महिनाको कैद र रु. १० हजार रुपियाँ जरिवाना तोकिएको छ ।
न्यायाधीशहरु तेज नारायण सिंह राई, रितेन्द्र थापा र विदुर कोइरालाको इजलाशले यस्तो फैसला गरेको हो ।