Butwal Today

यी हुन् रजनीकान्तको सबैभन्दा धेरै कमाउने १० फिल्म

३० श्रावण २०८२, शुक्रबार
अ+
अ-

हैदाराबाद, ३० साउन ।

रजनीकान्तको बहुप्रतिक्षित फिल्म कुली १४ अगस्ट २०२५ मा ठुलो पर्दामा रिलिज भएको छ । यो फिल्मसँगै रजनीकान्तले पनि उद्योगमा ५० वर्ष पूरा गरेका छन् । कुली फिल्म भारतभर पाँच भाषामा रिलिज भएको छ ।

यस फिल्ममा रजनीकान्तसँगै नागार्जुन खलनायकको भूमिकामा देखिएका छन् ।  फ्यानहरू रजनीकान्तलाई एक पटक फेरि ठुलो पर्दामा हेर्न उत्साहित भएका छन्, त्यसैले आज हामी तपाईँलाई रजनीकान्तका शीर्ष १० सबैभन्दा धेरै कमाउने  फिल्महरूको बारेमा बताउने छौँ ।

रोबोट २.०
सन् २०१८ मा रिलिज भएको रजनीकान्तको सबैभन्दा धेरै कमाउने फिल्म रोबोट २.० हो ।  यसमा रजनीकान्तले चिट्टी नामक रोबोटको भूमिका निभाएका थिए । यो फिल्मले विश्वभर करिब ८ सय करोड कमाएको थियो ।

जेलर

सन् २०२३ मा रिलिज भएको रजनीकान्तको फिल्म जेलरमा उनले रिटायर्ड जेलरको भूमिका निभाएका थिए, यो फिल्मको कथा निकै बलियो थियो ।  यो फिल्मले विश्वव्यापी रूपमा ६०५ देखि ६१० करोडको व्यापार गरेको थियो ।

कबाली
सन् २०१६ मा रिलिज भएको ‘कबाली’ एक डनमा आधारित छ,  जसमा रजनीकान्तको विस्फोटक स्टाइललाई फ्यानहरुले देखेका थिए, विश्वभर यो फिल्मले कुल ३०५ करोड कमाएको थियो ।

रोबोट
एक वैज्ञानिक र रोबोटको अचम्मको कथामा आधारित रजनीकान्तको रोबोट फिल्म २०१० मा रिलिज भएको थियो, जसले २९० करोड भारु कमाएको थियो । यसमा रजनीकान्तसँगै ऐश्वर्या राय पनि देखिएकी थिइन् ।

पेटा
सन् २०१९ मा रिलिज भएको पेट्टाको कथा एक होस्टेल वार्डनको हो, जसमा रजनीकान्तले वार्डनको भूमिका निभाएका थिए । यो फिल्मले २३२ करोड कमाएको थियो ।

दरबार

सन् २०२० मा रिलिज भएको फिल्म दरबारमा रजनीकान्तले प्रहरी आयुक्तको भूमिका निभाएका थिए,  यो फिल्मले करिब २५० करोडको व्यापार गरेको थियो ।

अन्नत्थे

सन् २०२१ मा रिलिज भएको रजनीकान्तको फिल्म अन्नाते परिवार र भाइ बहिनीको प्रेमसँग सम्बन्धित छ । यो फिल्मले विश्वभर १७०–१७२ करोड कलेक्सन गरेको थियो ।

शिवाजी द बोस

रजनीकान्तको फिल्म शिवाजी द बोस सन् २००७ मा रिलिज भएको थियो, यो उनको सबैभन्दा मनपर्ने फिल्म थियो, जसले बक्स अफिसमा १६० करोड कमाएको थियो ।

लिङ्गा

२०१४ मा रिलिज भएको फिल्म लिंगा एक एक्शन कमेडी फिल्म हो, जसमा रजनीकान्तको दमदार अभिनय देखिएको थियो, यो फिल्मले करिब १६० करोड कमाएको थियो ।

काला

सन् २०१८ मा रिलिज भएको रजनीकान्तको फिल्म काला पनि ब्लकबस्टर फिल्म थियो, यो फिल्मले विश्वभर करिब १६० करोड कलेक्सन गरेको थियो ।