ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर
अन्तरविद्यालय क्रिकेट प्रतियोगिता

बुद्धज्योतीमाथि होराइजन र सनसाइनमाथि जेसिजको जित

१९ मंसिर २०७९, सोमबार
१९ मंसिर २०७९, सोमबार

भैरहवा, १९ मंसिर ।

स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा होराइजन जीविएस स्कूल, बुटवल र जेसिज हाई स्कूल, भैरहवा विजयी भएका छन् । होराइजनले बुद्धज्योति स्कूल भैरहवालाई १ सय १० रन र जेसिजले सनसाइन इङ्गलिस बोर्डिङ स्कूल, भैरहवालाई १ रनले पराजित गर्दै जित निकालेको छ ।

पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित २० ओभरमा सुदन कँडेल र शुभम खनालको अर्धशतकीय पारीमा ५ विकेटको क्षतिमा २ सय २ रनको विशाल योगफल बनायो । कँडेलले ५९ रन जोड्दा खनालले ५१ रन बनाए । यस्तै, समिप गौतमले १५ रन बनाए । बलिङमा बुद्धज्योतिका आयुष झाले २ तथा सुभम यादव र रोहन हरिजनले समान १–१ विकेट लिए ।

जवाफमा बुद्धज्योति ९ विकेटको क्षतिमा ९२ रनमै समेटियो । उसका लागि रोहन हरिजनले २१, मनोज यादवले ११ र सुदिप चौधरीले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बुद्धज्योतिलाई सस्तैमा रोक्न बलिङमा होराइजनका शशांक ज्ञवाली, विप्लव केसी र कुशल पौडेलले समान २–२ विकेट लिए । होराइजनका सुभम खनाल म्यान अफ द म्याच घोषित भए । उनी पाँच सय रुपैयाँबाट पुरस्कृत भए ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको जेसिजले निर्धारित खेलमा पूरै विकेट गुमाउँदै ९७ रनको योगफल बनायो । उसका लागि निश्चल भुसालले ३३ र सागर कुँवरले १० रनको योगदान दिए । बलिङमा शनसाइनका हविबुल्लाह अन्सारीले ३ तथा गणेश धवल, प्रदीप पासी र वृजेश यादवले समान १–१ विकेट लिए ।

जवाफमा शनसाइनले पूरै विकेट गुमाउँदै ९६ रन मात्रै बनायो । उसका लागि सनुप सेनले २१ र वृजेश यादवले १९ रन जोडे पनि अन्य ब्याट्सम्यान नचल्दा सामान्य लक्ष्य पनि भेटाउन सकेन । बलिङमा जेसिजका निश्चल भुसालले ३ तथा निशान्त बश्याल र संगम पाण्डेले समान २–२ विकेट लिए । खेलमा जेसिजका निश्चल भुसाल म्यान अफ द म्याच भए र ५ सय रुपैयाँ प्राप्त गरेको आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले बताए ।

प्रतियोगिताको बिजेता टिमले नगद ३० र उपविजेताले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई ५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई दुई हजार ५ सय, प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ सय रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताको अन्तिममा अनुशासित खेल प्रदर्शन गर्ने एक टिमलाई पनि पुरस्कृत गरिने छ । निजी र संस्थागत गरी १३ विद्यालय सहभागी प्रतियोगिता मंसिर २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजकमा पर्वत ज्वेलर्स भैरहवा छ ।

एभरेष्ट प्रतियोगिताबाट निस्कासित

यसैबीच स्व.शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिताबाट एभरेष्ट बोर्डिङ स्कूल बुटवललाई निस्कासित गरिएको छ । आइतबारको उद्घाटन खेलमा एभरेष्टले साईग्लोबल एकेडेमी भैरहवालाई ९ विकेटले पराजित गरेको थियो । तर, खेलमा स्कूलभन्दा बाहिरका खेलाडी खेलाएको क्रिकेट संघमा निवेदन परेको थियो । निवेदनका आधारमा छानविन गर्दा बाहिरका खेलाडी खेलाएको प्रमाणित भएपछि एभरेष्टलाई प्रतियोगिताबाटै निस्कासित गरिएको रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?