Butwal Today

प्रतिनिधिसभाको बैठक बस्दै, संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता आउने

१९ श्रावण २०८२, सोमबार
अ+
अ-

काठमाडौं, १९ साउन।

प्रतिनिधिसभाको बैठक आज संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्दैछ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र वाचन गर्ने कार्यक्रम छ।

त्यसैगरी, संघीय संसदका महासचिवले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ मा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी दिनेछन्। साथै, सार्वजनिक लेखा समितिको २३ औं वार्षिक प्रतिवेदन, २०८२ मा उल्लेखित आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गरिनेछ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२ माथि ‘विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विश्व व्यापार संगठनको माछा उद्योगमा सहुलियतसम्बन्धी सम्झौताका प्रावधानहरू माथि संसदमा छलफल गरी अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?