ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

बुटवल मालपोतमा नक्कली लालपुर्जाको चलखेल, ५ कर्मचारीविरुद्ध मुद्दा दायर

१५ श्रावण २०८२, बिहीबार
१५ श्रावण २०८२, बिहीबार

बुटवल, १५ साउन ।

रुपन्देहीको तिलोत्तमा र बुटवल उपमहानगरपालिकाका विभिन्न जग्गाको नक्कली लालपुर्जा बनाएको आरोपमा मालपोतका पाँच जना कर्मचारी विरुद्ध प्रहरीले मुद्दा चलाएको छ ।

त्यसरी मुद्दा चल्नेहरूमा मालपोत कार्यालय बुटवलका मालपोत अधिकृत घनश्याम अर्याल, नासुहरू जिवलाल भुसाल, पुनाराम पन्थी, विष्णु पुरी र कम्प्युटर अपरेटर सिद्धार्थ श्रेष्ठ रहेका छन् । त्यसमध्ये अर्याल, भुसाल र श्रेष्ठ पक्राउ परेका हुन भने पन्थी आफै आत्मसमर्पण गरेका हुन् ।

विष्णु पुरी फरार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । तिलोत्तमाको आनन्दवन गाउँ ब्लकको १७ कट्ठा १० धुर जग्गा काशीराम घिमिरेको नाममा, बुटवल उपमहानगरपालिका मोतीपुरको १ (ग) को सरकारी जग्गा होम बहादुर पुनको नाममा, तिलोत्तमा आनन्दवन ७ (ख) को कित्ता नम्बर १ सय ५२ को इन्द्रकला उपाध्यायको नाममा रहेको तर नक्कली जग्गाधनी देब बहादुर आले र तुल्सीराम भण्डारीको  नाममा, बुटवल ९ (ग) को प्रेमदेवी थापा क्षेत्रीको जग्गा शान्ता कुमार कार्कीको नाममा, तिलोत्तमा आनन्दवन ७ (ख) को जग्गा धनीको नाम नखुलेको तर नक्कली जग्गा धनी रन्जन थापा क्षेत्री र कुमार कार्कीको नाममा लालपुर्जा जारी गरिएको प्रहरीले फेला पारेको छ ।

जग्गा माफिया र केही कर्मचारी मिलेर व्यक्तिको जग्गाको नक्कली लालपुर्जा बनाएर सहकाली बचत तथा ऋण सहकारी, मनोहराबाट २ करोड ७० लाख ऋण निकालेको  भन्ने सूचना बाहिरिएपछि मालपोत कार्यालय बुटवलका तत्कालीन प्रमुख उपेन्द्र  पौडेलले  जिल्ला प्रहरी कार्यालय, रुपन्देही र अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवललाई २०८० असार २७  मा पत्रमार्फत गुहारेका थिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीले नक्कली लालपुर्जा निकाल्नमा सहयोग गर्ने पाँचमध्ये मालपोत कार्यालय बुटवलका शाखा अधिकृत घनश्याम अर्याल सहित चार जना प्रहरी नियन्त्रणमा रहेको पुष्टि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?