ट्रेंडिंग:

>> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा

डिङ्गरनगर दूरगामी सहकारीः अध्यक्ष लुकेको आशंकामा शेयर सदस्यहरुद्वारा २६ घण्टादेखि दिदीको घरमा धर्ना, पक्राउ गर्न प्रहरीकै आलटाल

१२ श्रावण २०८२, सोमबार
१२ श्रावण २०८२, सोमबार
  • डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारीका अध्यक्ष घनश्याम तिवारी लुकेको आशंकामा शेयरधनीहरूले ड्राइभरटोलस्थित दिदीको घरमा रातभर धर्ना दिए।
  • पीडितहरूले तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणमाथि सहकारी सञ्चालकलाई संरक्षण गरेको आरोप लगाए।
  • तिवारीकी श्रीमती सोही घरमा देखिएपछि अध्यक्ष पनि त्यहीँ लुकेका हुनसक्ने आशंका गरिएको छ।

बुटवल, १२ साउन ।

रुपन्देहीको तिलोत्तमास्थित डिङ्गरनगर दुरगामी बहुउद्देश्यीय सहकारीका अध्यक्ष घनश्याम तिवारी लुकेको आशंकामा ड्राईभरटोलस्थित उनको दिदीको घरमा शेयरधनीहरुले रातभर धर्ना दिएका छन् ।

सञ्चालक समितिका सदस्यहरुसहित शेयरधनी बचतकर्ताहरुले तिवारीकी दिदी माया भट्टराईको घरमा राति ११ बजेदेखि सुरु गरेको धर्ना अहिलेसम्म चलिरहेको छ ।

अध्यक्ष तिवारीकी श्रीमती शारदा तिवारी आइतबार सो घरमा आएको र अध्यक्ष तवारी पनि सोही घरमा लुकेर बसेको आशंकामा उनीहरुले धर्ना दिएका हुन् । धर्नामा सहभागी शेयरधनी रमा जिसीले आफूहरुको बचतको सुरक्षा हुनुपर्ने र बचत फिर्ता पाउनुपर्ने मुख्य माग रहेको भन्दै लुकेर समस्याको समाधान नहुने बताइन् । “भागेर समस्याको समाधान हुँदैन, छानविनको दायरामा आउनुपर्छ, ठगी गर्नेमाथि कारवाही हुनुपर्छ, हाम्रो मुख्य माग बचत फिर्ताको हो”–उनले भनिन् ।

अर्की शेयर सदस्य वसुन्धरा जिसीले पनि अध्यक्ष र श्रीमती आफ्नो दिदीको घरमा लुकेर बसेको आशंकाले आफूहरुले धर्ना दिइरहेको बताइन् । धर्नाका क्रममा सोमबार बिहान तिलोत्तमा वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्री, टोल विकास संस्थाका अध्यक्ष तथा ड्राइभरटोल प्रहरी चौकीको टोली समेत पुगेको समेत पुगेको थियो । अहिले भने इलाका प्रहरी कार्यालय बुटवलको टोली धर्नास्थलमा पुगेको छ ।

उक्त सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापालाई एक साताअघि नै रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । तर उनीहरुलाई पक्राउ गर्न प्रहरीले पनि आलटाल गरिरहेको र राजनीतिक संरक्षणको आडमा लुकेर बसेको आरोप पीडित बचतकर्ताहरुले लगाएका छन् ।

यता, सहकारीमा भएको हिनामिनाको विषयलाई लिएर सञ्चालकहरू नै विभाजित छन् । फरार रहेका सहकारीका अध्यक्ष तिवारी र सचिव थापाका परिवारले सहकारीबाट अपचलन भएको रकममा सहकारीका सबै सञ्चालक जिम्मेवार हुने जिकिर गरेका छन् ।

यही विवादका कारण बचतकर्तालाई उनीहरूको बचत फिर्ता गर्नका लागि बनेको सहमति अन्तिम समयमा भाँडिएको थियो । त्यसपछि सहकारीका अध्यक्ष तिवारी र सचिव थापा माइन्युट च्यातेर फरार भएका हुन् । अन्य सञ्चालकहरू भने सहकारीमा भएको हिनामिनाको विषयमा अध्यक्ष र सचिव जिम्मेवार हुने बताउँदै आएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी इन्द्रबहादुर रानाले भने अध्यक्ष र सचिव अझैसम्म फेला नपरेको बताए । “फेला पर्ने बित्तिकै पक्राउ गरेर अनुसन्धान अगाडि बढाउँछौं”–उनले भने ।

१ अर्ब अपचलन

उक्त सहकारीको अन्तिम लेखा परीक्षण अहिलेसम्म सार्वजनिक गरिएको छैन । तर, प्रारम्भिक जानकारीअनुसार सहकारीका सञ्चालकले अपचलन गरेको रकम १ अर्बभन्दा बढी छ । “अहिलेसम्म अध्यक्ष र सचिव हामीले चलाएको २÷४ करोड त हो भनेर ढुक्कले बसेका थिए,” आफ्नो नाम उल्लेख नगर्ने सहकारीको लेखापरीक्षणमा संलग्न एक सदस्य भन्छन्, “१ अर्बभन्दा बढी अपचलन हुने देखिएपछि बल्ल फरारका आफन्त पनि आत्तिएका छन् । भोलि मुद्दा चल्दा १ अर्बभन्दा बढीको बिगो मागदाबी हुन्छ ।”

सहकारीको सफ्टवेयरमा १३ हजारपटकसम्म अंक तथा अक्षर ‘डिलिट’ गरेको भेटिएको छ । त्यसैगरी, ऋण नलगेका सहकारीका बचतकर्ताको नाममा ऋण देखाइएको छ भने सहकारी तथा बैंकको सफ्टवेयर ‘अफ आवर’ मा पनि चलेको पाइएको छ ।

सहकारीका ५८५ ऋणीमध्ये करिब ५० जनालाई धितोबिना नै ऋण प्रवाह गरिएको छ । धितो राखेर ऋण दिएको भनिएकाको धितो मूल्यांकन गरिएको छैन । र, धितो नाम मात्रको छ । सहकारीका सचिव रामबहादुर थापाको मात्र ८७ पटक ऋण जारी गरेको पाइएको छ ।

त्यसैगरी, करिब ४३ करोड सेवा शुल्कबिना ऋण प्रवाह गरिएको पाइएको छ । त्यस्तै, ऋण नलिएका ऋणीहरूको महिनाको मसान्तसम्म ऋण देखाइएको पाइएको छ भने अर्को महिनाको ४÷५ गते ऋण चुक्ता गरेर शून्य बनाइएको पाइएको छ ।

सहकारीका व्यवस्थापक वसन्त पराजुलीले सहकारीका अध्यक्ष तिवारी र सचिव थापाको निर्देशनमा काम गरेको बयान प्रहरीलाई दिएका छन् । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार पराजुलीले आफूले २ देखि ३ करोड चलाएको र बाँकी रकमका विषयमा जबर्जस्ती तमसुक गर्न लगाएको बयान दिएका छन् ।

सहकारीका अध्यक्ष, उपाध्यक्ष सचिवसहित कोषाध्यक्षले आफूलाई जबर्जस्ती बाँकी रकममा तमसुक गराएको उनले प्रहरीसँग बताएका छन् । पराजुलीले आफू आफ्नी श्रीमती, छोराछोरी तथा अन्य बचतकर्ताको नाममा प्रवाह भएको रकम २०८२ असार मसान्तमा तिर्नेगरी ५ जेठ २०८२ मा तमसुक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?