Butwal Today

न्याय समूहका ८४ उपसचिव सरुवा, पाँच स्रेस्तेदार सर्वोच्चमा

१२ श्रावण २०८२, सोमबार
अ+
अ-

काठमाडौं, १२ साउन ।

न्याय सेवा आयोगको सोमबार बिहान बसेको बैठकले न्याय समूहअन्तर्गतका ८४ जना उपसचिवको सरुवा गर्ने निर्णय गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको बैठकले सरुवा स्वीकृत गरेको हो।

सर्वोच्च अदालतमा पाँचजना स्रेस्तेदारको सरुवा गरिएको छ। ऋण असुली न्यायाधिकरणमा कार्यरत स्रेस्तेदार देवेन्द्र ढकाल सर्वोच्च अदालतको उपरजिस्ट्रारमा सरुवा भएका छन्।

त्यस्तै, धादिङ जिल्ला अदालतका स्रेस्तेदार माधव भण्डारी, चितवन जिल्ला अदालतका विष्णुप्रसाद आचार्य, नवलपुर जिल्ला अदालतका गम्भीर घिमिरे र काभ्रेपलाञ्चोक जिल्ला अदालतका कर्णबहादुर राई पनि सर्वोच्च अदालतमा सरुवा भएका हुन्।

सरुवा सूचीमा अन्य जिल्लाहरूका उपसचिवहरू समेत समावेश छन्, जसको विस्तृत विवरण न्याय सेवा आयोगले सार्वजनिक गर्ने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?