ट्रेंडिंग:

>> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट

देशका सबै प्रदेशमा रेबिज र सर्पदंश उपचारका औषधि आपूर्ति

दुई महिनाभित्र चार गुणासम्म आपूर्ति बढाइने
१२ श्रावण २०८२, सोमबार
१२ श्रावण २०८२, सोमबार

काठमाडौं, १२ साउन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले रेबिज र सर्पदंश उपचारका लागि आवश्यक औषधि देशका सातै प्रदेशमा आपूर्ति गरेको छ।

विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका प्रमुख डा. पवनजंग रायमाझीका अनुसार, यसअघि नै खरिद प्रक्रिया सम्पन्न भइसकेका औषधिहरू प्रदेश सरकारका स्वास्थ्य संस्थामा वितरण गर्नका लागि सम्बन्धित प्रदेश आपूर्ति केन्द्रहरूमा पठाइसकिएको छ।

रेबिज र सर्पदंश उपचारमा प्रयोग हुने खोप तथा औषधिको अभाव भएको समाचार सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले तत्काल आपूर्तिको व्यवस्था मिलाउन मातहतका अधिकारीहरूलाई निर्देशन दिएका थिए। उनले आपूर्ति प्रक्रिया छिटो गर्न र भविष्यमा अभाव नहोस् भनेर आवश्यक सबै उपाय अपनाउन निर्देशन दिएका थिए।

स्वास्थ्य सेवा विभागले मन्त्रीको निर्देशन अनुसार सातवटै प्रदेशमा औषधि आपूर्ति गरेको हो। विभागका अनुसार रेबिजविरुद्धको ५१ हजार १८० भायल खोप प्रदेश आपूर्ति केन्द्रहरूमा पठाइएको छ।

सबैभन्दा बढी आपूर्ति बाग्मती प्रदेशमा गरिएको छ, जहाँ १० हजार ८० भायल रेबिजविरुद्धको खोप र सर्पदंशविरुद्धको एक हजार भायल भेनम उपलब्ध गराइएको छ।

सर्पदंशको समस्या बढी देखिने मधेस प्रदेशमा सर्पदंशविरुद्धको २ हजार ५ सय भायल भेनम र करिब ५ हजार भायल रेबिजविरुद्धको खोप आपूर्ति गरिएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मागका आधारमा अन्य प्रदेशहरूमा पनि औषधि आपूर्ति गरिएको जानकारी दिए।

विभागले हाल आपूर्ति गरिएको औषधि दुई महिनाभित्र चार गुणासम्म बढाइने योजना बनाएको समेत जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?