ट्रेंडिंग:

>> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त

चितवनमा विद्युत समस्या: समाधानका लागि प्राधिकरण प्रमुखको स्थलगत निरीक्षण

१२ श्रावण २०८२, सोमबार
१२ श्रावण २०८२, सोमबार

चितवन, १२ साउन।

चितवनका विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या बारे जानकारी लिन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चितवन गएका छन्।

शनिबार नेपाल विद्युत प्राधिकरणको चनौली सबस्टेशनले लाइन कटौतीसम्बन्धी सूचना जारी गरेपछि चितवनमा लोडसेडिङ सुरु भएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। त्यसपश्चात प्रत्यक्ष रुपमा समस्या बुझ्नको लागि शाक्य आइतबार बिहान भरतपुर गइसकेका हुन्।

शाक्यको सचिवालयका इन्जिनियर नारायण अर्यालका अनुसार, भरतपुरको अवस्था अवलोकन गरेपछि शाक्य पूर्वी चितवनको राप्ती नगरपालिका स्थित हर्दी सबस्टेशन जाँदै छन्।

हर्दी सबस्टेशनमा आइतबार राति २४ एमभीएको नयाँ ट्रान्सफर्मर जडान गरेर परीक्षण सम्पन्न गरिएको छ। ट्रान्सफर्मरको स्थापना कार्य सकिएको र हाल लाइन चार्ज गर्ने प्रक्रिया सुरु गरिएको सबस्टेशनका इन्चार्ज रोशन खनियाँले बताए । उनले केही प्राविधिक परीक्षण बाँकी रहेकाले चाँडै लाइन जोडिने जानकारी दिए।

२४ एमभीएको ट्रान्सफर्मर जडान भएसँगै हर्दी सबस्टेशनबाट पूर्वी चितवनका अधिकांश स्थानहरूमा विद्युत आपूर्ति गरिनेछ। यसले भरतपुरबाट पूर्वतर्फ जाने लाइनको लोड घटाउने छ।

खैरहनी नगरपालिका अन्तर्गत चैनपुर र रत्ननगर नगरपालिका अन्तर्गत टाँडीमा रहेका सबस्टेशनहरूलाई हर्दीबाट विद्युत आपूर्ति दिने तयारी छ। त्यसपछि भरतपुरको लाइन सिधै देवनगर र जगतपुर हुँदै पश्चिम चितवन तथा माडीमा प्रयोग गरिनेछ।

हाल देवनगरबाट टाँडी र पर्सातर्फ विद्युत आपूर्ति भइरहेको छ। तापक्रम बढेसँगै पूर्वी चितवनका टाँडी, खैरहनी, राप्ती तथा माडी र पश्चिम चितवनमा पनि विद्युत आपूर्तिमा समस्या देखिएको थियो। टाँडी र माडीका सबस्टेशनमा स्थानीयले विरोध जनाउँदै आएका थिए।

प्राधिकरणले चितवनमा देखिएको विद्युत समस्या मंगलबारसम्म समाधान हुने आश्वासन दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?