© २०२३
चितवन, ११ साउन ।
ऊर्जा मन्त्री दिपक खड्काले चितवनमा लोडसेडिङ लागू गरिएको भन्ने चर्चा असत्य भएको स्पष्ट पारेका छन ।
हिजो चितवनमा दैनिक तीन–तीन घन्टा विद्युत आपूर्ति अवरुद्ध हुने सूचना सार्वजनिक भएपछि स्थानीय स्तरमा लोडसेडिङ सुरु भएको भन्ने भ्रम फैलिएको थियो। तर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री खड्काले उक्त सूचना सही ढंगले नलेखिएको प्रस्ट पारे ।
उनका अनुसार उक्त सूचना विद्युत् लाइन सन्तुलन मिलाउने सन्दर्भमा जारी गरिएको हो। वास्तवमा लोडसेडिङ नभएर लेखाइ नै त्रुटिपूर्ण भएको बताउर्दैँ लाइन सन्तुलन गर्नका लागि आवश्यक परेकाले दुई दिनका लागि साँझको व्यस्त समयमा पानी तान्ने विद्युतीय पम्प नचलाउन अनुरोध गरिएको बताए ।
मन्त्री खड्काले यो अवस्था अस्थायी भएको उल्लेख गर्दै अनावश्यक त्रास फैलाउनु नपर्ने बताएका छन । उनले आम नागरिकलाई सूचनाको सही आशय बुझ्न आग्रह गरे।