Butwal Today

कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्रै सम्पन्न हुन्छ: नेता सिटौला

११ श्रावण २०८२, आइतबार
अ+
अ-

काठमाडौं, ११ साउन ।

नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०७८ को मंसिरभित्रै सम्पन्न हुने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले आगामी मंसिरमा चार वर्षे कार्यकाल समाप्त हुने र आवश्यक परे एक वर्षसम्म थप गर्ने प्रावधानअनुसार महाधिवेशन अघि बढ्ने बताएका छन्।

सिटौलाले नेपाली कांग्रेसको महाधिवेशन परम्परागत रूपमा पाँच वर्षमा एकपटक हुने बताए। हालसम्म क्रियाशील सदस्यताको अन्तिम टुंगो नलागेको र सदस्यता प्रक्रिया अझै पूरा नभएको कारण महाधिवेशन ढिलाइ हुने अवस्था रहेको जानकारी दिए।

२०७८ साल मंसिरपछि महाधिवेशनलाई कुनै पनि हालतमा थप स्थगित गर्न नहुने बताउँदै पार्टीको नेतृत्वलाई समयमै नयाँ कार्यदल चयन गरेर अघि बढ्नुपर्ने आवश्यकता उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?