© २०२३
बुटवल, १० साउन ।
रोटरी क्लब अफ रुपन्देहीको १४ औं पदस्थापन सम्पन्न भएको छ । एक समारोह बिच क्लबका वर्ष २०२४/२५ का अध्यक्ष प्रमोद पन्थीले वर्ष २०२५/२६ का अध्यक्ष कृष्ण गौतमलाई चार्टड प्रमाणपत्र, ग्राभल र ह्याम्मर हस्तान्तरण गरे ।
कार्यक्रमको उद्घाटन गर्दै रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल –भुटानका डिस्ट्रिक्ट गभर्नर इलेक्ट विष्णुबहादुर कार्कीले रोटरीको भावना र मर्म अनुसार काम गर्न क्लब नेतृत्व र सदस्यहरुलाई सुझाब दिए ।
कार्यक्रममा विशिष्ट अतिथि तथा क्लबका एसाइन एसिस्टेन्ट गभर्नर दिनेश सुवेदी, क्लबका संस्थापक अध्यक्ष राजेन्द्र सुबेदी, क्लबका प्रेसिडेण्ट नोमिनि तथा कार्यक्रम संयोजक बिक्रम रिजाल, क्लवका पूर्व अध्यक्ष देवानन्द पान्डे, बर्ष २०२५/२६ का सचिव ओम बहादुर खत्रीले क्लबको विगतका सकारात्मक अभ्यासहरुलाई निरन्तरता दिदै थप सिर्जनशिल भएर लाग्न आग्रह गरे ।
क्लवका अध्यक्ष प्रमोद पन्थीले वर्ष २०२४/२५ मा गरेका कार्यहरूको प्रकास पार्दै सहयोगदाता सदस्यहरूलाइ सम्मान समेत गरे ।
यसैबिच पत्रकार डि.बी. सुस्लिङलाई क्लबका पूर्व अध्यक्ष गौतम भुसालले आफना स्व. हजुरबुबा केशवराज भुसाल र हजुरआमा हिमादेबी भुसालको स्मृतिमा स्थापना गरेको सामाजिक पत्रकारिता पुरस्कार–२०८२ प्रदान गरिएको छ ।