ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

अर्घाखाँचीमा घरेलु विवादबाट हत्या बढ्दै

८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

अर्घाखाँची, ०८  साउन । 
जिल्लामा आफ्नो घर र आफ्नै परिवारजनबिच असमझदारी बढ्दै जाँदा परिवार भित्रबाटै ज्यान लिने सङ्ख्या बढ्दै गएको छ । घरायसी झैझगडा हुँदा आफन्तबाटै मारिने गरेको जिल्लामा घटेका घट्नाबाट यो तथ्य खुलेको हो ।

घरेलु विवाद, अनैतिक यौन सम्बन्ध, शङ्का उपशङ्का नै यसको प्रमुख कारक रहेको पाइन्छ । गएको एक महिनाभित्र अर्घाखाँचीमा तिन जनाको हत्या भएको छ सबै हत्या परिवारजनबाट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पहिलो घटना:
२०७९ कार्तिक ४ गते वृद्ध भत्ता बुझेर आएका सहोदर दाजुले भाइलाई भिरबाट धकेलेर हत्या गरे । २०७९ कार्तिक ४ गतेका दिन भुमिकास्थान नगरपालिका १ खलाधारा भीरमा धकेलेर सोही ठाउँको साम्नेगाँउका ७० वर्षका वीर बहादुर गमालको मृत्यु भएको हो ।

वीर बहादुरलाई उनकै सहोदर दाजु बर्ष ७४ को हिम बहादुर गमालले कार्तिक २ गते बेलुकी अन्दाजी ७ बजे बाटोमा हिँड्दै गर्दा लेनदेनको विवादपछि भीरबाट धकेलेका थिए ।

उनीहरू वडा नं. ४ धापानीस्थित एक बैङ्कबाट वृद्ध भत्ता बुझेर फर्कँदै गर्दा दाजु भाइको लेनदेनको विषयमा विवाद गरेका कारण घटना भएको अनुसन्धानको क्रममा पत्ता लागेको हो ।

दोस्रो घटना:
२०८१ कार्तिक २८ गते शितगंगामा मामाले भान्जाको हत्या गरे । शितगंगा–६, सानाढुंग्रेमा भएको घटनामा ३५ वर्षीय तिलक रेश्मी भिरमा मृत फेला परेका थिए ।

रेश्मीको हत्या गरेको अभियोगमा सहोदर मामा शितगंगा नगरपालिका ६ सानाढुंग्रेका ५३ वर्षीय झन्द्रबहादुर गाहा पक्राउ परे । दुवै जनाले मादक पदार्थ सेवन गरेको र विवादपछि झगडाले उग्र रूप लिँदा राति घटना घटेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

तेस्रो घटना:
२०८२ असार १ गते छत्रदेव गाउँपालिकामा आफ्नै श्रीमतीले श्रीमानको ज्यान लिईन् । छत्रदेव गाउँपालिका वडा नम्बर–३, दुन्द्रुक शिख्रे बस्ने २७ वर्षीय मेखमायाँ कुमालले आफ्नै ३८ वर्षीय श्रीमान् रामु कुमालको धारिलो हतियार (दाउ) प्रहार गरी हत्या गरिन् ।

घरायसी विवाद हुँदा सामान्य झैझगडा गरेर सँगै सुतेका श्रीमानलाई रिसको झोँकमा राती साढे १२ बजे उठेर दाउ टाउकोमा हिर्काइन् र हत्या गरिन् । झगडाको प्रमुख कारण महिलाको परपुरुषसँगको सम्बन्ध रहेको गाउँलेले बताउँछन् ।

चौथौँ घटना:
२०८२ असार १२ गते शितगंगा नगरपालिकामा सहोदर दाइले भाइको हत्या गरे । शितगंगा नगरपालिका वडा नम्बर–६, जुकेना पाखापानीका ४२ वर्षीय टेक बहादुर बादीले आफ्नै सहोदर भाइ ३२ वर्षीय बोम बहादुर बादीको बन्चरो प्रहार गरी हत्या गरे ।

सँगै बसेर मदिरा सेवन गरिरहेका दाजुभाइबिच चुरोटलाई लिएर विवाद सुरु भयो । झैझगडा लम्बिँदा विवादले उग्र रूप लियो जसले दाइले भाइको टाउकोमा बन्चरो प्रहार गर्न पुगे । यो केसमा समेत देवर–भाउजूको अनैतिक सम्बन्ध प्रमुख कारक रहेको बताइन्छ ।

पाचौं घटना:
२०८२ असार २६ गते सन्धिखर्क नगरपालिकामा झड्केला छोराले बुवाको हत्या गरेर मलखादमा पुरे । सन्धिखर्क नगरपालिका वडा नम्बर–१२, डिभर्ना बाँझखर्कमा ७२ वर्षीय जंगबहादुर नेपालीलाई झड्केलो छोरा बुद्धि बहादुर नेपालीले धारिलो हथियार प्रयोग गरी निर्मम हत्या गरेका थिए ।

हत्यापछि घटना लुकाउन बुवाको शवलाई मलखादमा गाडे । मदिरा सेवन गरेर घरमा पुगेका नेपालीले बुवासँग झगडा गरेका थिए । झगडाले उग्र रूप लिएपछि उनले बुवामाथि कुटपिट गर्दा मृत्यु भएको थियो ।

यो घटनामा आपसी मेल नहुनु कारण देखिएको छ यद्यपि घटनाको अनुसन्धान भइरहेको छ । यी ताजा र प्रतिनिधि घटना हुन् । अर्घाखाँचीमा पछिल्लो तीन वर्षमा भएका दर्जन हत्याहरूमध्ये अधिकांश परिवार र आफन्तबाट नै भएको देखिएका छन् ।

मानिसले आफूलाई सबैभन्दा सुरक्षित ठान्ने परिवार, आफन्त र निकटस्थ जन हुन् । तर विभिन्न बहानामा सुरु हुने असमझदारी आवेशमा भौतिक आक्रमणसम्म पुग्दा जघन्य अपराधमा रूपान्तरण हुने गरेको प्रहरीले बताएको छ ।

आपसमा बेमेलको वातावरण सृजना हुँदा घरभित्रै अपराधका घटना हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख (डिएसपी) चक्र बहादुर मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?