Butwal Today

पूर्वराष्ट्रपति भण्डारीको सन्देश: म अघि बढिसकेँ, अब पछि हट्दिन

६ श्रावण २०८२, मंगलवार
अ+
अ-

काठमाडौं, ६ साउन।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय भएर राजनीतिमा फर्कने निर्णयबाट पछि नहटने स्पष्ट पारेकी छन्।

राजनीतिक पत्रकारहरूसँग भंगालमा कुराकानी गर्दै पूर्वराष्ट्रपति भण्डारीले आफू अघि बढिसकेको र अब कुनै हालतमा नरोकिने भन्दै राजनीतिक सक्रियताको बाटो तय गरिसकेको सन्देश दिइन्।

सक्रिय राजनीतिमा आफ्नो पुनः प्रवेशप्रति कोही पनि भयभीत नहुन आग्रह गरिन । उनले एमालेको राजनीतिमा पुनः संलग्न हुने निर्णय सहज र स्वाभाविक प्रक्रिया भएको बताउँदै उक्त निर्णयसम्म पुग्ने लामो राजनीतिक शृङ्खला पनि सार्वजनिक गरेकी छिन।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?