Butwal Today

नेतृत्व हस्तान्तरणको बहस दबाउँदै ओलीको आरती उतारिँदैछ: घनश्याम भुसाल

६ श्रावण २०८२, मंगलवार
अ+
अ-

काठमाडौं, ६ साउन।

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमालेभित्र चलिरहेको नेतृत्व हस्तान्तरणको बहसप्रति कटाक्ष गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी २० वर्षसम्म नेतृत्व छाडदिन भन्दा समेत पार्टीका दोस्रो तहका नेताहरु मौन रहेकोप्रति उनले असन्तुष्टि जनाएका हुन्।

पुष्पलाल श्रेष्ठको स्मृति दिवसको पूर्वसन्ध्यामा स्कुल अफ माक्र्सिज्मद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै भुसालले युवा पुस्ताले नेतृत्व हस्तान्तरणको माग गर्दा पनि पार्टी नेतृत्वले चासो नदिएकोप्रति गम्भीर आपत्ति जनाए।

उनले एमालेको सचिवालय र केन्द्रीय समिति बैठकहरूमा अझै पनि अध्यक्ष ओलीको विकल्प नभएको भन्ने नेताहरूको भनाइप्रति पनि कटाक्ष गरेका छन । एक समूहले अध्यक्ष ओलीलाई चुनौती दिइरहेका छन भने अर्को समूह भने ओलीप्रति अत्याधिक भक्ति र समर्थन देखाउँदै जीवनभर पार्टीको नेतृत्व ओलीले नै गर्नुपर्ने सोच राखेको भुसालले बताएका छन ।

कार्यक्रममा भुसालले नेपालमा जनवादी आन्दोलनका नेतृत्वकर्ताहरूको स्मरण गर्दै नेपाली सन्दर्भमा कम्युनिष्ट आन्दोलनलाई नै ‘सर्वश्रेष्ठ भौतिक आन्दोलन’का रूपमा चित्रण गरे। उनले देशको सामाजिक परिवर्तनमा कम्युनिष्ट आन्दोलनको ऐतिहासिक भूमिका रहेको तर्क पनि अघि सारेका छन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?