Butwal Today

जबरजस्ती करणी अभियोगमा उदयपुर र पर्वतबाट दुई जना पक्राउ

६ श्रावण २०८२, मंगलवार
अ+
अ-

 काठमाडौँ, ६ साउन ।

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । उदयपुरमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको उजुरीको आधारमा चौदण्डीगढी नगरपालिका–९ अजयगरा निवासी १९ वर्षीय सुजन सदालाई इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले सोमबार साँझ पक्राउ गरेको हो।

पर्वत जिल्लाको बिहादी गाउँपालिका–६ चर्काङमा भने ८ वर्षीया बालिकामाथि जबरजस्ती करणीको अभियोगमा ६४ वर्षीय भुवानन्द तिवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी विरुद्ध आएको उजुरीका आधारमा प्रहरी चौकी सेती वेणीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।