© २०२३
भैरहवा, २३ असार ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष जनार्दन यादवलाई ३ लाख घुस सहित नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले वडाध्यक्ष यादव सहित सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित श्री गणेश ट्रेडिङ्गका सञ्चालक विपिन कुमार पाण्डेयलाई पक्राउ गरेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
वडामा सन्चालित विभिन्न योजनाहरुको भुक्तानी सिफारिसको लागि वडाध्यक्ष यादवले कमिशन माग्ने गरेका थिए । सोही क्रममा विपिन कुमार पाण्डेय मार्फत ३ लाख रुपैयाँ लिइ सकेको अवस्थामा नियन्त्रणमा लिएको पौडेलले बताए । उनले दुबैजनालाइ नियन्त्रणमा राखी थप अनुसन्धान भै रहेको बताए ।