ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

चन्द्रा अधिकारी : नेपाली डायस्पोरामा महिला नेतृत्वको उज्यालो अनुहार

२३ असार २०८२, सोमबार
२३ असार २०८२, सोमबार

बुटवल, २२ असार । क्यानडामा नेपाली समुदायको उन्नयन, सहकार्य र सेवामा खरो भूमिका निभाउँदै आएकी चन्द्रा अधिकारी आज नेपाली डायस्पोरामा महिला नेतृत्वको सशक्त उदाहरणका रूपमा उभिएकी छन् । स्याङ्जा जिल्ला, चापाकोट–८, शाखरमा जन्मिएकी चन्द्रा अधिकारी हाल एनआरएनए क्यानाडाको महासचिवको रूपमा जिम्मेवारी सम्हालिरहेकी छन् । अब उनले आगामी २० जुलाई २०२५ मा हुने एनआरएनए क्यानडा निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।

चन्द्रा अधिकारी सन् २०१८ मा स्नातकोत्तर अध्ययनपछि क्यानडा प्रवेश गरेकी थिइन् । नेपालमा सामाजिक कार्यमा गहिरो रुचि राख्ने चन्द्रा २०१५ को गोरखा केन्द्रविन्दु भूकम्पपछि देशका विभिन्न प्रभावित जिल्लामा राहत, पुनर्निर्माण र श्रमदानमा अग्रसर भइन् । क्यानाडा पुगेपछि कोभिड–१९ महामारीको कठिन समयमै उनले नेपाली विद्यार्थी, आप्रवासी र असहायहरूका लागि खाना, औषधि र आवश्यक सामग्री लिएर अग्रमोर्चामा काम गरिन् । स्थानीय क्यानाडेली समाजमा अवरोध हुँदा पनि उनले हार मानिनन् ।

विगत पाँच वर्षमा उनले क्यानाडामा रहेका नेपाली विद्यार्थीहरूको स्वास्थ्य, बसोबास, मानसिक अवस्था र कानुनी अवस्थाका विषयमा समाधान खोजी गर्ने प्रमुख भूमिकामा आफूलाई प्रस्तुत गरिन् । एनआरएनए क्यानाडाको महासचिवमा अत्यधिक मतसहित विजयी भएपछि उनको नेतृत्व झनै मजबुत बनेको देखिन्छ । कानुनी समस्यामा परेका नेपालीहरूलाई नेपाल फर्काउने, मृत्यु भएका विद्यार्थीहरूका शव व्यवस्थापन, र मानसिक समस्या समाधानमा उनले देखाएको तत्परता उल्लेखनीय छ ।

अध्यक्ष पदको उम्मेदवारी : योजनासहितको नेतृत्व
अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्दै उनले भनिन् । “म सामुदायिक केन्द्र स्थापनादेखि नेपालमा लगानी भित्र्याउने, नेपाल–क्यानाडा व्यापार विस्तार गर्ने, र सरकारले बेवास्ता गरेका नेपालीहरूका लागि आवाज बुलन्द गर्ने योजना लिएर आएको छु ।” चन्द्राले सरकार र नेपाली समुदायबीच सेतुको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरेकी छन् ।

उनी क्यानाडा सरकारबाट दुईवटा उच्च सम्मान प्राप्त गरिसकेकी छिन । उनको कार्यक्षमता र सेवाको कदर दर्शाउँछ । वैवाहिक जीवनमा श्रीमान् र दुई सन्तानसहित सन्तुलन कायम गर्दै, उनले सेवामा नाफाभन्दा मूल्यलाई अघि सारेकी छन् । घरेलु हिंसा, लैंगिक विभेद, मानसिक समस्या, आपसी कलह लगायतका विषयमा पनि उनी लगातार क्रियाशील छिन् । नेतृत्वका लागि पुरुष हुनुपर्छ भन्ने धारणा तोड्दै, चन्द्रा अधिकारीले आफ्ना कामबाट प्रमाणित गरिसकेकी छन् कि नेतृत्व क्षमता लिङ्ग होइन, सोच, समर्पण र दृष्टिकोणमा निर्भर गर्छ ।

क्यानाडामा बसोबास गर्ने नेपाली समुदायका लागि चन्द्रा अधिकारी केवल एक उम्मेदवार होइनन्—उनी आशा, आत्मविश्वास र समर्पणको प्रतीक हुन् । एनआरएनए क्यानाडाको अध्यक्ष पदका लागि उनको उम्मेदवारी नेपाली डायस्पोरामा महिला नेतृत्वको स्वीकारोक्ति बन्ने अपेक्षा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?