ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

भूमिकास्थान बीउमा आत्मनिर्भर

२१ असार २०८२, शनिबार
२१ असार २०८२, शनिबार

बुटवल, २१ असार ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले आ.व.२०८१/०८२ मा ८६ करोड ८८ लाख ४७ हजारको बजेट ल्याएकोमा हालसम्म कुल बजेटको ८६.६ प्रतिशत खर्च गरेको छ । चालुतर्फ ८२ प्रतिशत खर्च गरेको भूमिकास्थानले पुँजीगततर्फ ८१ प्रतिशत खर्च गरेको जनाएको छ । यस्तै भूमिकास्थानले आ.व. २०८१/०८२ मा ८१ लाख ३० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । ८२ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको भूमिकास्थानले असार १९ गते सम्म ८१ लाख बढी राजश्व उठाउन सफल भएको नगरपालिकाले असार मसान्तसम्म लक्ष्यभन्दा बढी आन्तरिक आम्दानी हुने सङ्केत देखिएको समेत जनाएको छ ।

कर्मशील जनशक्ति परिचालन कार्यक्रम मार्फत बाँझो जग्गामा खेती गर्नु, मकैको पोष्कर र थाकलको पातबाट टोपी र झोला बनाएर बजारीकरण गर्नु, रोजगारी प्रदान गर्नु, रैथाने बाली प्रबद्र्धनमा लाग्नु, बिउमा आत्मनिर्भर बन्नु, भौतिक विकास संगै सामाजिक विकासलाई अगाडि बढाउनुलाई भूमिकास्थान नगरपालिकाले आफ्नो प्रगति मानेको छ ।

नगरप्रमुख झविलाल थापाका अनुसार उत्पादन, उद्यम र शतकर्म मार्फत भूमिकास्थानलाई समृद्ध बनाउने अभियान जारी राखेको छ । “भूमिकास्थानले कर्मशील जनशक्ति परिचालन मार्फत उत्पादन र रोजगारी सिर्जना गरेको छ ।” नगरप्रमुख थापाले भन्नुभयो, “सुन्दा सामान्य लागे पनि यसले नगरपालिकाको बसाइसराई समेत कम गर्ने विश्वास लिएका छौं ।”

कर्मशील जनशक्ति परिचालन कार्यक्रम मार्फत यस वर्ष २ सय क्विन्टल प्याज उत्पादन गरेको नगरपालिकाले ढाकावाङ्गको खाकाबेशीमा गरेको लोकल धान खेती गरेको, शिक्षा तर्फ पढ्दै कमाउँदै रमाउँदै विद्यालय कार्यक्रम सञ्चालन, अभिभावक शिक्षा सञ्चालन, शिक्षकको क्षमता विकासका कार्यक्रम सञ्चालन, स्वास्थ्यतर्फ जेष्ठनागरिक सहित लक्षित वर्गको सेवालाई केन्द्रित गरी घरदैलो अभियान चलाएको, घुम्ती शिविर मार्फत विशेषज्ञ सेवा दिएको, योग तथा ध्यान शिविर चलाएको लगायतका कार्यलाई भूमिकास्थानले प्रगतिको रूपमा लिएको छ । गाउँमा रहेका बाँझो जग्गामा खेती गर्दै रोजगारी सिर्जना गर्ने र कृषिमा आत्मनिर्भर बनाउने भूमिकास्थानको प्रमुख उद्देश्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?