ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

रोहिणी गाउँपालिकाको बजेट ५९ करोड १७ लाख 

१० असार २०८२, मंगलवार
१० असार २०८२, मंगलवार

भैरहवा, १० असार ।

रुपन्देहीको रोहिणी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि ५९ करोड १७ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । पालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का वडा अध्यक्ष वीर बहादुर क्षेत्रीले मंगलबार बजेट सार्वजनिक गर्दै आन्तरिक आय एक करोड ९६ लाख बाह्र हजार आठ सय चौरासी रुपैयाँ, सङ्घीय सरकारबाट ५१ करोड १४ लाख ९३ हजार ११६ रुपैयाँ,  प्रदेश सरकारबाट तीन करोड २३ लाख ९४ हजार, बैङ्क मौज्दात दुई करोड ५० लाख, जिल्ला समन्वय समितिबाट ७२ लाख गरि  जम्मा ५९  करोड १७ लाख अनुमान गरेको बताए ।

पालिकाले अध्यक्षलाई ३ करोड १६ लाख, उपाध्यक्षलाई एक करोड र वडा कार्यालयलाई भने ९५ लाख विनियोजन गरेको छ । यसै गरि शिक्षा तर्फ तीन करोड, कार्यालय सञ्चालन र प्रशासनिक खर्चको लागि  नौ करोड पच्चीस लाख, स्वास्थ्य कृषि तर्फ १५/१५  लाख, शिक्षा तर्फ ३ करोड विनियोजन गरेको छ ।

यसै गरि रोहिणी गाउँपालिकाले १७ औ गाउँ सभाबाट नीति तथा कार्यक्रम पनि पारित गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा आपसी संवाद, समन्वय, सहमति र सहकार्य मार्फत शासन सञ्चालन विकास व्यवस्थापन र सेवा प्रवाहमा सुधारको बाटो अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले आर्थिक विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, युवा तथा खेलकुद लगायतमा १३८ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

सुरक्षित नागरिक आवास कार्यक्रमलाई आर्थिक वर्षको सुरुबाट नै कार्यान्वयन गर्न पहल गरिने र खर/फुसको छाना मुक्त पालिका घोषणा गरिने नीति लिइएको छ ।  सीमान्तकृत विपन्न तथा अति गरिबहरूका लागि आयआर्जन सम्बन्धी सीपमूलक कार्यक्रम गरिने अध्यक्ष यादवले बताए ।  सामाजिक सुरक्षा भत्तालाई अझ सरल र छिटो तरिकाले भुक्तानी गर्ने व्यवस्था मिलाइ विद्युतीय माध्यमबाट सामाजिक सुरक्षा प्रणालीमा सहजीकरण गर्ने कर्मचारीहरूलाई प्रोत्साहन गरिने नीति लिइएको उनले बताए ।

विकासका पूर्वाधारमा सडक पहिलो सर्त हुनाले गुणस्तरीय सडक निर्माणलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ  । सडक स्तरोन्नतिसँगै नाली निर्माण गरिने र  रोहिणी वडा नं १ र २ जोड्ने रोहिणी नदीमा झोलुङ्गे पुल निर्माण गरिने यादवले बताए । सबै सडकहरूको मापदण्ड निर्माण र नामाकरण गरिनेछ

रोहिणी गाउँपालिकाको आधुनिक प्रविधिमैत्री सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सम्पन्न गरि कार्यान्वयनमा ल्याइने नीति ल्याएको छ । गाउँपालिका भित्रका ६० वर्षभन्दा माथिका मधुमेह तथा उच्च रक्तचापका विरामीहरुको  लागि निःशुल्क आधारभूत औषधी उपलब्ध गराउने  र ज्येष्ठ नागरिक (८० वर्ष भन्दा माथि ) का र क वर्गका अपाङ्गहरूका लागि कार्यतालिका बनाई स्वास्थ्यकर्मीद्धारा घरदैलो स्वास्थ्य जाँच तथा उपचार कार्यक्रम सञ्चालन गरिने यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?