Butwal Today

नागार्जुनका मेयर मोहनबहादुर बस्नेत घुस लिएकोमा दोषी ठहर, असार १६ मा सजायँ तोकिने

६ असार २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं ।

विशेष अदालतले नागार्जुन नगरपालिका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको हो ।

विशेष अदालतले उनले राजु कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ लिएको ठहर सहित सम्पती शुद्धिकरण (अपराधबाट आर्जित सम्पती लुकाएको कसुर) मा समेत दोषी ठहर गरेको छ । विशेषले बस्नेतमाथि १३ करोड १२ लाख रुपैयाँ ‘सम्पती शुद्धिकरण’ गरेको ठहर गरेको हो ।

बस्नेतलाई कैद सजाय तोक्नका लागि विशेष अदालतले १६ असारमा अर्को पेसी तोकेको छ । विशेषले मोहनबहादुर पत्नी उर्मिलालाई भने आरोपबाट सफाइ दिएको छ ।

यस्तै अदालतले बस्नेतकी श्रीमती उर्मिलालाई भने सफाइ दिएको छ । उर्मिलाले घुस रिसवतको रकम लिए खाएको वा भुक्तानी गर्न लगाएको तथ्य नदेखिएको भन्दै उनले सफाइ पाएकी हुन् ।