ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन
छक्याउँदै प्रकाशक, पढाउँदै स्कुल र ठगिँदै अभिभावक

पुस्तकको गाता एक, पाना अनेक

पाठ्यसामग्रीमा पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत प्राप्त भन्ने ब्यहोरा उल्लेख गरी प्रकाशन गरेको पाठ्यसामग्रीको एक प्रति केन्द्रमा पेस गरेपछि मात्र बिक्री वितरण गर्नुपर्ने कानुनी प्रावधान छ । तर बढी कमिसन पाएको अवस्थामा स्कुलहरूले प्रकाशकले कानुन बाहिर रहेर तयार पारेका पाठ्यसामग्री छनौट गर्ने गरेका छन् । 
१५ जेष्ठ २०८२, बिहीबार
१५ जेष्ठ २०८२, बिहीबार

बुटवल, १५ जेठ ।

विद्यालय तहको पाठ्यपुस्तकमा निजी प्रकाशकले खेलाँची गर्ने क्रम रोकिएको छैन । शिक्षा मन्त्रालयको संयन्त्र कमजोर बन्दा निजी प्रकाशकले पुस्तकमाथि नै खेलाँची गर्दै आएका हुन् । जसको कारण विद्यार्थीको पठनपाठन माथि लापरबाही त भएकै छ नै, अभिभावक समेत गलत सामग्रीको मूल्य तिर्न बाध्य छन् ।

देशमा सङ्घीयता आउनु अघिदेखि चल्दै आएको यो बेतिथिलाई शिक्षा मन्त्रालयका अधिकारीहरू विद्यालय तहको शिक्षाको अधिकार स्थानीय तहको भएको र त्यसको अनुगमन गर्ने जिम्मेवारी पनि उसैको भएको भन्दै तर्किने तर्क अगाडि सार्ने गर्दछन् ।

त्यसको उदाहरणमध्ये वेदान्त पब्लिकेशन प्रालिले प्रकाशनमा ल्याएको कक्षा ५ को ‘एक्सल इन गणित’ विषयको पाठ्यसामग्री एक हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रबाट २०७९ साल फागुन ३ गते स्वीकृति लिएको पाठ्यसामग्रीमा प्रकाशकले कभर र मूल्य उस्तै राखी दुई थरी पाठ्यसामग्री विद्यार्थीको हातसम्म पु¥याएको छ ।

एउटै कक्षाका एकै बेन्चका विद्यार्थीको हातमा यी दुई थरीका पाठ्यसामग्री हातमा परेपछि वेदान्त पब्लिकेशनले गरेको बदमासी बाहिर आएको हो । २८८ पेज रहेको पाठ्यसामग्रीमा १६ वटा युनिट छन् भने २८६ पेज रहेको पाठ्यसामग्रीमा १८ वटा युनिट रहेका छन् । तर ती दुई पाठ्यसामग्री पहिलो संस्करण २०७७, दोस्रो संस्करण २०७८, तेस्रो संस्करण २०७९, रिभाइज र अपडेट संस्करण २०८० र पुनः मुद्रण २०८२ लेखिएको छ । २०८० मा ५० हजार प्रति पुनः मुद्रण गरिएको पाठ्यसामग्रीको मूल्य रु. ४२३ ले हिसाब गर्दा २ करोड बढीको कारोबार देखिन्छ ।

वेन्दान्त पब्लिकेशनका प्रालिका प्रबन्ध निर्देशक जीवन श्रेष्ठले दुई थरी पाठ्यसामग्री बजारमा गएको स्वीकार गरे । तर कानुनी रूपमा ती दुई पाठ्यसामग्री ठिक रहेको जिकिर गरे । दुई थरी सामग्री बजारमा लग्नु बदमासी होइन र ? भन्ने जिज्ञासामा श्रेष्ठले भने पुस्तक गलतै त होइन नि, त्यो पनि पुरानो स्वीकृत हो, त्यो पढेरै बच्चा बिग्रिने त होइन नि । उनले दुई थरी पाठ्यसामग्री बजारमा जानु गल्ती भएको स्वीकार गरे पनि ‘इलिगल’ नभएको तर्क गरिरहे ।

प्रेसले पुरानो फाइल छापिदिँदा गल्ती भएको र बजारबाट गुनासो आएपछि थाहा भएको भन्ने श्रेष्ठको भनाइमा सत्यता देखिँदैन । किनकि पुरानो भनी प्रकाशन गृहले बजारमा पठाएको पाठ्यसामग्रीमा समेत पुनः मुद्रण मिति २०८२ नै उल्लेख छ । त्यसमा प्रकाशनले पुरानो बचेको पाठ्यसामग्रीमा केही पाना र गाता बदलेर नयाँ रूप दिएको देखिन्छ । ती पाठ्यसामग्री फरक जिल्ला र फरक प्रदेशमा छुट्टाछुट्टै पठाउने गरी गरिएको काममा मिसमास भएपछि एकै जिल्ला र एकै पुस्तक पसलसम्म दुई थरी पाठ्यसामग्री पुगेको आशङ्का छ । विगतमा अरू प्रकाशनहरूले त्यसरी काम गर्दा यस्ता गल्ती हुने गरेको प्रशस्त उदाहरण पुस्तक प्रकाशक र विक्रेतासँग छन् ।

शैक्षिक सत्र २०८०, २०८१ र २०८२ गरी तीन शैक्षिक सत्रका लागि गुणस्तरीय एवम् त्रुटिरहित पाठ्यसामग्री विकास गरी प्रकाशन गर्न स्वीकृति प्रदा नगरिएको छ । विद्यमान संवैधानिक व्यवस्था, ऐन, कानुन, निर्देशिका, कार्यविधि, पाठ्यक्रम विकास केन्द्रले विभिन्न समयमा जारी गरेका निर्देशिका लगायतका प्रावधानहरूको पूर्ण परिपालना नगरी गुणस्तरहीन पाठ्यसामग्रीको विकास, प्रकाशन र बिक्री वितरण गरेको पाइएमा, पाठ्यक्रम परिवर्तन भएमा वा यस केन्द्रबाट अन्य निर्णय भएको यो स्वीकृति जुनसुकै बेला रद्द हुने कानुनी व्यवस्था छ ।

निर्देशनको ४ नम्बर बुँदामा पाठ्यसामग्रीमा पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत प्राप्त भन्ने ब्यहोरा उल्लेख गरी प्रकाशन गरेको पाठ्यसामग्रीको एक प्रति यस केन्द्रमा पेस गरेपछि मात्र बिक्री वितरण गर्ने पाठ्यक्रम विकास केन्द्रको पत्र नै पाठ्यसामग्रीमा छपाई गरेको छ ।

पाठ्यक्रम विकास केन्द्रले स्वीकृति दिएको भन्दा फरक खालको पाठ्यसामग्री बिक्री वितरण गर्न नपाउने केन्द्रका सूचना अधिकारी वासुदेव बस्ती बत्ताउँछन् । उनले विद्यालय तहको अधिकार स्थानीय तहमा गएको हुँदा त्यसको अनुगमन गर्ने काम पनि उसैले गर्नुपर्ने र जिल्लामा रहेको शिक्षा विकास तथा समन्वय इकाई र केन्द्रमा रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पनि पाठ्यपुस्तक अनुगमनको जिम्मेवारी रहेको बताए ।

तर स्वीकृति लिँदा प्रकाशकले हामीकहाँ पाठ्यसामग्रीको पाण्डुलिपि पेस गरे अनुसार नै प्रकाशकहरूले सामग्री बाहिर लैजानुपर्ने बस्ती बत्ताउँछन् । पाण्डुलिपिभन्दा फरक बिक्री वितरण गरिएको पाइए कानुन अनुसार कारबाही हुने केन्द्रको निर्देशक समेत रहेका बस्तीले बताए । गलत गरेको सूचना पाइए स्पष्टीकरण सोध्ने, रद्द गर्ने, कालो सूचीमा राख्ने जस्ता प्रावधानहरू कानुनमा भएको र उक्त काम प्रमाणका आधारमा गरिने उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?