Butwal Today

गृहमन्त्रीको राजीनामा माग्दै विपक्षीले गरे संसद् अवरोध

१३ जेष्ठ २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरुले संसद् अवरोध गरेका छन्।

विपक्षी दलका तर्फबाट माओवादी केन्द्रका वर्षमान पुनले राजीनामा नदिएसम्म संसद संचालन हुन नदिने बताए।

‘यस सम्बन्धमा गृहमन्त्रीजीले राजीनामा दिएर मार्गप्रसस्त गरिदिनुहोस् भनेर हाम्रो विनम्र अनुरोध छ। उहाँको संलग्नता छ भनेर हामीले दाबी गरेका छैनौं,’ पुनले भने, ‘तर, यति गम्भीर विषय उठेपछि स्वं गृहमन्त्रीले नै राजीनामा दिएर सहज वातावरण बनाइदिनुहोस्।’