Butwal Today

रथी थापालाई दर्ज्यानी चिन्ह प्रदान

८ मंसिर २०८३, मंगलवार
अ
अ+
अ-
काठमाडौँ ।
प्रधान सेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका अनुपजङग थापालाई दर्ज्यानी  चिन्ह प्रदान गरेका छन् ।
सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा प्रधान सेनापति सिग्देलले उनलाई दर्ज्यानी  चिन्ह प्रदान गरेका हुन् । मन्त्रिपरिषद्ले थापालाई यही मङ्सिर ४ गते रथीमा पदोन्नति गरेको थियो ।
सोही अवसरमा उपरथीमा बढुवा भएका मनोज थापा तथा सहायक रथीमा पदोन्नती हुनुभएका प्राविधिक महासेनानीत्रय जगत शाह, पङ्कज रावल र शितल बानियाँलाई पनि दर्ज्यानी  चिन्ह प्रदान गरिएको थियो । यसैगरी महासेनानीमा पदोन्नती भएका प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?