Butwal Today

शिक्षक तथा कर्मचारीलाई प्रयोगशाला परीक्षणमा छुट

४ मंसिर २०८३, शुक्रबार
अ
अ+
अ-

बुटवल ।
नेशनल प्याथ ल्याब बुटवल र आदर्श शिक्षक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तिलोत्तमा–५ मणिग्रामबीच प्रयोगशाला परीक्षणमा सहुलियत दिने सम्झौता भएको छ । दुई संस्थाबीच बिहीबार भएको सम्झौताअनुसार सहकारीका सदस्यले नेशनल प्याथ ल्याबमा गराउने प्रयोगशाला परीक्षणमा २० प्रतिशत र सदस्यका परिवारले १० प्रतिशतसम्म छुट पाउनेछन् ।
सम्झौताबाट रूपन्देहीमा रहेका करिब एक हजार ३०० शिक्षक, शिक्षिका तथा कर्मचारी लाभान्वित हुने नेशनल प्याथ ल्याबका निर्देशक प्रकाश न्यौपानेले बताए । दुई संस्थाबीचको सहकार्यले धेरै शिक्षक तथा कर्मचारीलाई सहुलियत दरमा स्वास्थ्य परीक्षण गराउने अवसर मिल्ने उनको भनाइ छ ।
आदर्श शिक्षक सहकारीका अध्यक्ष खेमराज पाण्डेयले सहकारीले सदस्यको बचत तथा आर्थिक हितसँगै स्वास्थ्य क्षेत्रमा पनि सहयोग पु¥याउने उद्देश्यले सम्झौता गरेको बताए । सदस्यलाई स्वस्थ रहन र नियमित स्वास्थ्य परीक्षण गराउन यस प्रकारको सहकार्यले महत्त्वपूर्ण सहयोग पुग्ने उनले उल्लेख गरे ।
नेशनल प्याथ ल्याबका अध्यक्ष रुद्र कार्कीले विभिन्न सङ्घसंस्थासँगको सहकार्यले सर्वसाधारणलाई स्वास्थ्य परीक्षणमा सहजता र आर्थिक राहत पुग्ने बताए । नेशनल प्याथ ल्याबले देशका विभिन्न स्थानमा शाखामार्फत प्रयोगशाला परीक्षण सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?