Butwal Today

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

३ मंसिर २०८३, बिहीबार
अ
अ+
अ-
घोराही (दाङ) ।
लमहीबाट गढवातर्फ गइरहेको मोटरसाइकल राप्ती पुलमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीका अनुसार गढवा गाउँपालिका–६ रामपुरका १९ वर्षीय रोहित सुनारको मृत्यु भएको हो ।
आज बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सोही स्थानका  १८ वर्षीय राहुल थापा र नवीन गुरुङ घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?