Butwal Today

वडा अध्यक्ष बढईको निधनप्रति महाराजगञ्ज नगरपालिकामा शोक बिदा

१ मंसिर २०८३, मंगलवार
अ
अ+
अ-

बाणगगा ।

मुटुरोगबाट ग्रसित महाराजगञ्ज नगरपालिका–७ का वडा अध्यक्ष रामरुप बढईको उपचारका क्रममा सोमबार राति निधन भएको छ। उनको निधनप्रति दुःख व्यक्त गर्दै महाराजगञ्ज नगरपालिकाले मंगलबार एकदिने शोक बिदा दिएको छ।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार सम्पूर्ण वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा शोक बिदा दिइएको हो। स्वास्थ्य संस्थाका अत्यावश्यक सेवा भने सञ्चालनमा रहनेछन्।

नगर प्रमुख अब्दुल कलामले दिवंगत बढईप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?