© 2026
काठमान्डौँ ।
सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएका तत्कालीन प्रहरी प्रमुख दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा बुधबार पहिलो सुनुवाइ हुने भएको छ ।
यसअघि सोमबारका लागि पेसी तोकिए पनि छठ पर्वको सार्वजनिक बिदाका कारण सुनुवाइ हुन सकेको थिएन । सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि पेसी तोकेको जनाएको छ ।
कार्कीले प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत आफूलाई पदबाट हटाइएको दाबी गर्दै रिट दायर गरेका हुन् । उनले आफूलाई प्रहरी महानिरीक्षक पदमा पुनर्बहाली गर्न र नवनियुक्त महानिरीक्षकलाई कामकाज गर्न रोक लगाउने अन्तरिम आदेश जारी गर्न माग गरेका छन् ।
बालेन्द्र शाह नेतृत्वको सरकारले डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो ।