Butwal Today

गुल्मीको गुल्मीदरबारमा एक पुरुष मृत अवस्थामा भेटिए

२४ कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

गुल्मी ।

गुल्मीको गुल्मीदरबार गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । गुल्मीदरबार गाउँपालिका‐३ पौवाखर्क स्थित ठूलाचौरबाट पौवाखर्कतर्फ जाने भित्री कच्ची सडक भन्दा करिब ८०० मिटर तल घग्र्याङ् भिरमा उक्त पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

आज बिहान आठ बजेको समयमा स्थानीयवासी घाँस काट्न जाने क्रममा भिरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त हुनासाथ प्रहरी चौकी चारपाला र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी वरिष्ठ हवलदार अंगत प्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

मृतक पुरुषको नाम, थर र वतन खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विरेन्द्रवीर विश्वकर्माले बताए । अन्दाजी ४० देखि ४५ वर्ष उमेर देखिने उक्त व्यक्तिको दुवै हातमा ‘सन्दीप’ नामको ट्याटु समेत खोपिएको बताइएको छ ।

घटनाको बारेमा थप अनुसन्धानका लागि अहिले जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वत कुमार केसीको नेतृत्वमा थप सात जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ । घटनाको बारेमा थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?