© 2026
चन्द्रौटा ।
कपिलवस्तुमा करिब २३ लाख रुपियाँ मूल्यका यौन खेलौना (सेक्स टोय) बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरले कृष्णनगर नगरपालिका(२ स्थित महेन्द्र पार्क नजिकबाट २२ लाख ९३ हजार १०० रूपैयाँ मूल्य बराबरका विभिन्न यौन खेलौना तथा चार्जर बरामद गरेको हो ।
प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरको कमान्डसहितको नेतृत्वमा रहेको प्रहरी टोलीले बुधबार ती सामान बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए ।
प्रहरीले महिलाका लागि प्रयोग हुने सात लाख १२ हजार रुपियाँ मूल्यका ३६५ थान भाइब्रेटर बरामद गरेको छ । त्यस्तै पुरुषका लागि प्रयोग हुने एक लाख ४४ हजार ५०० रूपैयाँ अनुमानित मूल्यका ९९ थान सेक्स टोय बरामद गरिएको छ ।
यसैगरी महिलाका लागि प्रयोग हुने १२ लाख २८ हजार रूपैयाँ मूल्य बराबरका ३२९ थान सेक्स टोयसमेत बरामद गरिएको छ । सेक्स टोयमा प्रयोग हुने दुई लाख आठ हजार ६०० रूपैयाँ मूल्यका एक हजार ४७६ थान चार्जर पनि प्रहरीले बरामद गरेको छ ।
प्रहरीका अनुसार बरामद गरिएका सामग्री भन्सार पठाइएको छ । उक्त घटनामा संग्लन को हो रु कसले कहाँ लैजान लागेकोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।