© 2026
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणअन्तर्गत बिहीबार काठमाण्डू गोर्खाजविरुद्धको खेलमा जनकपुर बोल्ट्सले प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । जनकपुरले जिम्मी निसम र आदित्य महताको स्थानमा सैफ हसन र अमरसिंह राउटेलालाई टोलीमा समावेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको टसमा काठमाण्डू गोर्खाजका कप्तान करण केसीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।
जनकपुर बोल्ट्सको प्लेइङ–११
हरमित सिंह कप्तान, मोइन अली, सैफ हसन, कुशल परेरा, ललित राजवंशी, अनिलकुमार साह, मयन यादव, तृतराज दास, अविशेक तिवारी, राहुल यादव र अमरसिंह राउटेला ।
काठमाण्डू गोर्खाजको प्लेइङ–११
करण केसी कप्तान, भीम सार्की, राशिद खान, आदिल आलम, सहाब आलम, सुमित महर्जन, हरिशंकर शाह, स्मिथ पटेल, जहानदाद खान, सामुएल हेजलेट र रिपोन मण्डल । जनकपुर आफ्नो अघिल्लो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । काठमाण्डू भने यस संस्करणमा पहिलो खेल खेल्दैछ ।