Butwal Today

बुटवलमा तालिम प्राप्त कुकुर परिचालन गरि चेकजाँच   

१ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

बुटवल । 

चाडपर्वको बेला सम्भावित अपराधजन्य घटना रोक्ने उद्देश्यले बुटवलमा आइतबार यात्रुहरूको बढी भीड हुने क्षेत्रमा तालिम प्राप्त कुकुर परिचालन गरि चेकजाँच गरिएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार भैरहवाबाट ल्याइएको तालिम प्राप्त कुकुरले बुटवलको बसपार्क, राजमार्ग चौराहा र गोलपार्क क्षेत्रमा चेकजाँच गरेको हो ।
त्यस क्रममा तालिम प्राप्त कुकुरले शङ्का लागेको अवस्थामा बसभित्र, सामान राख्ने डिक्की र छतमा समेत पुगेर चेकजाँच गरेको थियो ।

चाडपर्वको बेला चोरी, डकैती तथा सम्भावित अन्य अपराधजन्य घटना हुन सक्ने भएकोले तालिम प्राप्त कुकुर परिचालन गरि सुरक्षा व्यवस्था मिलाउने काम भएको प्रहरीको भनाई छ ।

दसैँ नजिकिएकोले बसपार्क, राजमार्ग चौराहा र गोलपार्क क्षेत्रमा यात्रुको बढी भीड छ । प्रहरीले भीड भएको सोही क्षेत्रमा तालिम प्राप्त कुकुर परिचालन गरेको छ ।

त्यसै गरी प्रहरीले दसैँको बेलामा सवारी साधनमा बढी यात्रु नराख्न बस चालकलाई सचेत बनाउनुका साथै यात्रुहरूलाई पनि सिट भन्दा बाहिर उभिएर यात्रा नगर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?