Butwal Today

लायन्स क्लब अफ अर्घाखाँचीको नेतृत्व हस्तान्तरण, अध्यक्षमा मिरा केसी सेजवाल

१ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

अर्घाखाँची । 

लायन्स क्लब अफ अर्घाखाँचीको पद हस्तान्तरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्ण भुसालले नवनिर्वाचित अध्यक्ष मिरा केसी सेजवाललाई नेतृत्व हस्तान्तरण गरेका छन् ।

विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् तथा छठ पर्व–२०८३ को अवसरमा आयोजित कार्यक्रममा चाडपर्वको शुभकामना आदानप्रदानसँगै संस्थाको आगामी कार्य योजना र सामाजिक सेवाका गतिविधिबारे चर्चा गरिएको थियो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्ण भुसालले क्लबले हालसम्म सञ्चालन गरेका सामाजिक तथा साङ्गठनिक गतिविधिसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेको थियो। त्यसै गरी नवनियुक्त अध्यक्ष मिरा केसी सेजवालले क्लबका भावी कार्यक्रम तथा आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद हरिप्रसाद भुसाल र  सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले चाडपर्वको शुभकामना व्यक्त गर्दै लायन्स क्लबले स्थानीयस्तरमा गर्दै आएका सामाजिक तथा मानवीय सेवाका कार्यहरूको प्रशंसा गरेका छन् ।

उनीहरूले आगामी दिनमा पनि सामाजिक सेवा, मानवीय सहयोग र आपसी सद्भाव अभिवृद्धिमा क्लबले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

लायन्स क्लब अफ अर्घाखाँचीले सामाजिक सेवाका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । नेतृत्व हस्तान्तरणसँगै नयाँ नेतृत्वले संस्थाका गतिविधिलाई थप प्रभावकारी बनाउँदै समाजसेवाका क्षेत्रमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य तथा स्थानीय प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?