© 2026
काठमाडौँ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँ विशेष मौसम बुलेटिन जारी गरेको छ। शुक्रबार जारी विशेष बुलेटिनमा फूलापाती देखि टीका दशमीको दिन कात्तिक ४ गतेसम्म देशभर मौसम कस्तो होला भन्ने जानकारी दिइएको छ। हालको मौसम विश्लेषण अनुसार नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले दसैँ अवधिभर पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने देखिन्छ।
असोज ३१ गते शनिबार फूलपाती
दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। देशका पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ। मधेस तथा कोसी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रको आकाशमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली भूभाग तथा कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा भने मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना छ।
राति देशको हिमाली भेगमा आंशिक बादल लाग्नेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। तराई भूभागमा बिहानीपख केही स्थानमा हुस्सुरकुहिरो लाग्नेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक(दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ।
कात्तिक १ गते आइतबार अष्टमी
दिउँसो देशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ। मधेस तथा कोसी, बागमती र गण्डकी प्रदेशका तराईको आकाशमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली भूभाग तथा कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना छ।
राति कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भेगमा मौसम मुख्यतया सफा रहनेछ। तराईमा बिहानीपख केही स्थानमा हुस्सुरकुहिरो लाग्नेछ। कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक(दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ।
कात्तिक २, ३ र ४ गते अष्टमी, नवमी र दशमी
कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रको आकाशमा आंशिक बादल लाग्नेछ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक(दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ।