Butwal Today

महिला हिंसा न्यूनीकरणका लागि आईभीएफद्वारा सचेतना कार्यक्रम

२६ आश्विन २०८३, सोमबार
अ
अ+
अ-
बुटवल, रुपन्देही।
निसन्तानपनका कारण महिलामाथि हुने भेदभाव, सामाजिक अपहेलना तथा हिंसा न्यूनीकरण गर्ने उद्देश्यले शिशु आईभीएफ (Sishu IVF) ले बुटवलमा सचेतनामूलक कार्यक्रम गरेको छ। कार्यक्रममा बुटवलका विभिन्न वडाका आमा समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा निसन्तानपनका कारण, यसको पहिचान, उपचार प्रक्रिया तथा आधुनिक प्रजनन स्वास्थ्य सेवाबारे सहभागीहरूलाई जानकारी प्रदान गरिएको थियो। साथै, निसन्तानपन महिला वा पुरुष दुवैमा हुन सक्ने स्वास्थ्यसम्बन्धी अवस्था भएकाले यसकै आधारमा महिलालाई दोष दिने, भेदभाव गर्ने वा हिंसा गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने विषयमा जोड दिइएको थियो।
कार्यक्रमका क्रममा सहभागीहरूलाई प्रजनन स्वास्थ्यसम्बन्धी समस्या देखिएमा समयमै स्वास्थ्यकर्मीसँग परामर्श लिने, आवश्यक जाँच तथा उपचारका लागि उपयुक्त स्वास्थ्य संस्थासम्म पहुँच स्थापित गर्ने र उपलब्ध स्वास्थ्य सेवाको सही उपयोग गर्ने विषयमा समेत जानकारी दिइएको थियो।
नेपालगञ्ज रोड, बुटवलमा अवस्थित शिशु आईभीएफ (Sishu IVF) ले विगत केही वर्षदेखि नेपालका विभिन्न स्थानमा यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। समुदायस्तरमा प्रजनन स्वास्थ्यसम्बन्धी सही जानकारी फैलाउने, निसन्तानपनप्रतिको सामाजिक गलत धारणा हटाउने तथा महिलाको सम्मान, अधिकार र स्वास्थ्यप्रति सकारात्मक सोच विकास गर्ने उद्देश्यले शिशु आईभीएफले निरन्तर यस्ता अभियान सञ्चालन गर्दै आएको छ।
निसन्तानपन कुनै लज्जाको विषय नभई उचित परामर्श, आवश्यक जाँच तथा उपचारमार्फत व्यवस्थापन गर्न सकिने स्वास्थ्यसम्बन्धी अवस्था हो भन्ने सन्देश कार्यक्रममार्फत प्रवाह गरिएको थियो। साथै, निसन्तानपनबाट प्रभावित व्यक्ति तथा दम्पतीलाई भेदभाव गर्नुको सट्टा सम्मान, साथ र सहयोग प्रदान गर्नुपर्नेमा जोड दिइएको थियो।
शिशु आईभीएफको सन्देश: निसन्तानपनका कारण भेदभाव होइन, साथ र सहयोग गरौँ। महिलामाथि हुने हिंसा अन्त्य गरौँ र प्रजनन स्वास्थ्यप्रति सचेत समाज निर्माण गरौँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?