Butwal Today

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२६ आश्विन २०८३, सोमबार
अ
अ+
अ-

नवलपरासी ।

नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा स्कूल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गैँडाकोट इङ्लिस स्कुलको ग१ख ३९७० नम्बरको बसले आज गैँडाकोट-५ को कुसुमघाटस्थित भित्री सडकमा ना५८प ४५७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार स्कुल बसको ठक्करबाट गैँडाकोट-६ का अन्दाजी २४ वर्षीय राजु थापाको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका उनले जानकारी दिए ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन र बस चालक गैँडाकोट-१ का ५१ वर्षीय मनिराम थापामगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?