Butwal Today

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

२६ आश्विन २०८३, सोमबार
अ
अ+
अ-

काठमाडौँ । प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले दाङ, कैलाली, कञ्चनपुर, भक्तपुर, झापा र बर्दियाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको हो ।दाङको घोराही उपमहानगरपालिका(१० नारायणपुरबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित घोराही(८ बस्ने २२ वर्षीय सागर चौधरी र घोराही(७ नवलपुर बस्ने २५ वर्षीय शिसिर चौधरी, कैलालीको धनगढी उपमहानगरपालिका(२ ब्यारेलबाट गोदावरी नगरपालिका(५ का ३१ वर्षीय टङ्कराज भट्ट र गोदावरी(६ बस्ने २६ वर्षीय खगेन्द्र नाथ पक्राउ परेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका(७ टेडियाबाट लालझाडी गाउँपालिका(१ बिनाबारी बस्ने २६ वर्षीय रामजनम चौधरीसहित दुई जना र भीमदत्त नगरपालिका(११ बाट गोदावरी(१ बस्ने २१ वर्षीय दिक्षीत साँउदलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, भक्तपुरको सूर्यविनायक नगरपालिका(८ जगातीबाट काठमाडौँको कपन बस्ने खोटाङ हलेसी तुवाचुङ नगरपालिका(५ घर भएका ३० वर्षीय देबिन्द्र राई, झापाको बाह्रदशी गाउँपालिका(५ बाट मोरङ रतुवामाई नगरपालिका(१० घर भएका ३० वर्षीय अनिष गुरूङ र सोही स्थानकी २१ वर्षीया रेजिना तोलाङ्गी, झापाकै अर्जुनधारा नगरपालिका(६ पुर्वेलीटोलबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा इलाम माई नगरपालिका(२ बस्ने ३३ वर्षीय डिककुमार कोईराला, अर्जुनधारा(६ पुर्वेलीटोलका २४ वर्षीय सुजन खवास, २० वर्षीय पदम राई र २२ वर्षीय पूर्णबहादुर राई छन् । साथै बर्दियाको गुलरिया नगरपालिका(११ गणेशपुर बाइपासबाट मधुवन नगरपालिका(८ लालीबजारका २१ वर्षीय सन्देश रानामगरसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?