Butwal Today

बूढीगण्डकीको बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो

२५ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

गोरखा ।

बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको आरुघाट र धादिङ जोड्ने मोटरेबल पक्की पुल बगाएको छ ।

आइतबार बिहान आएको बाढीले आरुघाट र धादिङ जोड्ने पुल बगाएको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक अनिल श्रेष्ठले जानकारी दिए ।

बाढीले गोरखाका अन्य स्थानमा रहेका झोलुङ्गे तथा पक्की पुलमा समेत क्षति पुर्‍याएको छ । चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल र आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?