Butwal Today

‘मानवबेचबिखनको जोखिम न्यूनीकरण गर्न सबै पक्ष सचेत हुनुपर्छ’

२५ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

चन्द्रौटा ।

चाडपर्वको समयमा मानव बेचबिखन तथा ओसारपसारको जोखिम न्यूनीकरण गर्न सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले यस्तो बताएका हुन् ।

उनीहरूले सीमा नाका, बसपार्क र भीडभाड हुने स्थानमा निगरानी बढाउनुपर्ने बताए । मानव बेचबिखन रोकथामका लागि जनचेतना अभिवृद्धि र सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उनीहरू बताउँछन् । यसैबीच शान्ति पुनःस्थापना गृहका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईले चाडपर्वमा मानव बेचबिखनको जोखिमप्रति सचेत रहनुपर्ने बताएका छन् ।

रोजगारी र राम्रो अवसरको प्रलोभनमा पर्न नहुने बताउँदै शंकास्पद गतिविधिबारे सम्बन्धित निकायलाई जानकारी गराउन उनले आग्रह गरे । सीमा नाका र बसपार्कमा निगरानी बढाउँदै सामाजिक संघसंस्था र नागरिकबीच समन्वय आवश्यक रहेको उनले बताए । मानव बेचबिखन रोक्न प्रहरी, स्थानीय तह र नागरिकबीच सहकार्य आवश्यक रहेको संयोजक भट्टराईले उल्लेख गरे ।

यस्तै राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु प्रसाद खतिवडाले मानव बेचबिखन मानव अधिकारविरुद्धको गम्भीर अपराध भएको बताए । यसको रोकथामका लागि नागरिकस्तरमा सचेतना बढाउनुपर्नेमा उनले जोड दिए । चाडपर्वमा महिला तथा बालबालिका बढी जोखिममा पर्न सक्ने भएकाले सबैले सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ ।

शिवराज नगरपालिका–१ का वडा अध्यक्ष खिमबिक्रम केसी र ५ का वडा अध्यक्ष नेत्रप्रसाद बेल्वासे, रणदिप खतिवडालगायतले शनिबार भएको कार्यक्रमलाई सम्बोधन गरेका थिए । मानव बेचबिखनमा विरुद्ध क्रियशिल रहेको शान्ति पुनस्र्थापना गृह र मानवअधिकार दुबै सामाजिक संस्था रहेकोले संयुक्त रुपमा कार्यक्रम राखिएको प्रतिष्ठान कपिलवस्तुले जनाएको छ । प्रतिष्ठानका अनुसार दशैँको शुभकामना अदानप्रदान, साधारणसभा तयारीलगायत समन्वयात्मक कार्यक्रम गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?