Butwal Today

पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध

२४ आश्विन २०८३, शनिबार
अ
अ+
अ-

गुल्मी । गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्ध बनेको छ ।

कालीगण्डकी करिडोर सडक अन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा शुक्रबार राती खसेको पहिरोका कारण उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सडक माथिबाट चट्टान सहितकोे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध बनेपछि अहिले प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली पहिरो गएको स्थानमा खटिसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक वीरेन्द्रवीर विश्वकर्माले बताएका छन् ।

 

सडक अवरुद्ध बनेपछि चाडवाडको समयमा उक्त क्षेत्रबाट वाग्लुङ्, पोखरा, पाल्पा तथा बुटवल जाने यात्रु र सवारी साधनहरु बीच बाटोमै रोकिएका छन् ।

 

 

अवरुद्ध सडक सुचारु गर्नका लागि सडक निर्माण कम्पनी र स्थानीय गाउँपालिकासँग समन्यव भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?