© 2026
बुटवल ।
बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीमा चुनावी सरगर्मी सुरु भएको छ । पर्सी शुक्रवारदेखि हुने सङ्घको अधिवेशनमा नयाँ नेतृत्वका लागि दुई समूहबिच प्रतिस्पर्धा हुने भएको छ ।
यसैबिच नरिश्वर शर्मा पौडेल नेतृत्वको समूहले बुधवार बुटवलस्थित सिद्धार्थ कटेजमा पत्रकार सम्मेलनको आयोजना गरि उम्मेदवारी घोषणा गरेको छ ।
पौडेल नेतृत्वको समूहमा सुरज भट्टराई वरिष्ठ उपाध्यक्ष, निर्मित कसजु उद्योग उपाध्यक्ष, बाबुराम विश्वकर्मा वाणिज्य उपाध्यक्ष र बसन्तप्रसाद ढकाल महासचिवको उम्मेदवार हुन् । त्यसै गरी एसोसियट, उद्योग तथा वाणिज्य र खुला सदस्यहरूमा प्रतिक पोखरेल कोषाध्यक्ष, दिपकप्रसाद चापागाईँ सचिव, कमला पोखरेल सह कोषाध्यक्षको उम्मेदवार हुन् । त्यस्तै सदस्यहरूमा भानुभक्त क्षेत्री, सुनिता बन्जाडे, कृष्णप्रसाद पाण्डे, ज्ञानबहादुर पुन, लेखनाथ भण्डारी, गणेशप्रसाद भट्टराई, उमेश अमात्य,जगन्नाथ न्यौपाने, रामबहादुर भण्डारी, रेनु श्रेष्ठ, मञ्जु पुरी गिरी, विष्णु घिमिरे, दिपक घिमिरे, प्रदिप शाक्य, अलिम दिन, कृष्ण श्रेष्ठ, शिवदेव अर्याल र विष्णु उपाध्याय रहेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पदका उम्मेदवार नरिश्वर शर्मा पौडेलले उद्योगी र व्यवसायीको हक अधिकार तथा एकताका लागि आफ्नो प्यानलले काम गर्ने प्रतिबद्धता जनाए । उनले अहिलेको विषम परिस्थितिमा उद्योग व्यवसाय क्षेत्रलाई माथि उठाउन आफ्नो टिमले काम गर्ने बताउँदै कुनै पनि उद्योगी व्यवसायीलाई काखापाखा नगरिने बताए ।
उता दिनेश श्रेष्ठ र टङ्क गैरेमध्ये एक समूहले पनि उम्मेदवारी दिने बताइएको छ ।