© 2026
काठमान्डौँ ।
नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले उपसभापति पदमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
रिजालले मंगलबार बिहान आफ्नो निवासमा आफू निकटका नेता–कार्यकर्तासँग छलफल गर्दै उपसभापति पदमा उम्मेदवारी दिने जानकारी गराएका हुन् ।
रिजाल मोरङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । त्यसयता नै उनले उपसभापति पदमा प्रतिस्पर्धा गर्ने चर्चा हुँदै आएको थियो । यद्यपि, रिजालले भने आफूलाई कुनै पनि पदको आकांक्षा नरहेको बताउँदै आएका थिए ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मनोनयन दर्ता सुरु हुन केही समयअघि मात्रै रिजाल उपसभापति पदमा प्रतिस्पर्धा गर्ने निष्कर्षमा पुगेका हुन् ।
यसअघि १४औँ महाधिवेशनमा रिजाल महामन्त्री पदमा पराजित भएका थिए । महाधिवेशनमा पराजित भएपछि उनले रक्षामन्त्री पदबाट समेत राजीनामा दिएका थिए ।