Butwal Today

कांग्रेस महामन्त्रीमा ११ जनाको उम्मेदवारी

२० आश्विन २०८३, मंगलवार
अ
अ+
अ-

काठमान्डौँ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

खुलातर्फ प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनील शर्मा र डा. सन्तोष उपाध्यायले उम्मेदवारी दिएका छन् ।

महिलातर्फ डा. डिला संग्रौला, डिना उपाध्याय र रीता खनालको उम्मेदवारी परेको छ । कांग्रेस विधानअनुसार खुलातर्फ दुई र महिलातर्फ एक महामन्त्री निर्वाचित हुने व्यवस्था छ ।

महामन्त्री पदका लागि मंगलबार दिउँसो १२ बजेदेखि साँझसम्म मनोनयन दर्ता भएको थियो । नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?