© 2026
काठमान्डौँ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि सुरु भएको छ । काठमाडौंको खुलामञ्चमा उद्घाटन सत्र सुरु हुने तयारी भइरहेको छ ।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन आयोजना गरिएको हो ।
महाधिवेशनको बन्दसत्र तथा अन्य कार्यक्रम सोमबार र मंगलबार (१९–२० असोज) हुने कांग्रेसले जनाएको छ । निर्वाचन कार्यक्रमका लागि भने २१ र २२ असोजको मिति तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता ९रजिस्ट्रेसन० शुक्रबार र शनिबार गरिएको थियो। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार प्रतिनिधि नाम दर्ताका लागि ३ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ ।
नाम दर्ता गरेका प्रतिनिधिहरूलाई कांग्रेसले झोला उपलब्ध गराएको छ । झोलामा पार्टीको विधान, डायरी, डटपेन, खाना, खाजा तथा नास्ताका लागि कुपन र प्रतिनिधि कार्ड राखिएको छ ।