© 2026
काठमान्डौँ ।
काठमाडौंको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ ।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन सुरु भएको हो ।
उद्घाटन सत्रमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू खुलामञ्च पुगेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका सहअध्यक्ष शरतसिंह भण्डारीलगायत नेताहरू उद्घाटनस्थलमा पुगेका छन् ।
महाधिवेशनको बन्दसत्र तथा अन्य कार्यक्रम सोमबार र मंगलबार अर्थात् असोज १९ र २० गते हुने बताइएको छ ।
महाधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रमका लागि असोज २१ र २२ गते तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता (रजिस्ट्रेसन) शुक्रबार र शनिबार सम्पन्न गरिएको थियो ।