Butwal Today

कपुरकोटका ध्रुवराजको साउदीमा सडक दुर्घटनामा मृत्यु

१७ आश्विन २०८३, शनिबार
अ
अ+
अ-

सल्यान । 

सल्यानको कपुरकोट गाउँपालिका,-३ का  ४७ वर्षीय ध्रुवराज आरसीको वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा सडक दुर्घटनामा परी मृत्यु भएको छ ।

साउदी अरबको स्थानीय समय अनुसार बिहीबार बिहान करिब ६ः३० बजे सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिँदा आरसीको मृत्यु भएको उनका साडुभाइ नन्दसिंह धामीले जानकारी दिए ।

धामीका अनुसार घरमा पैसा पठाउनका लागि आईएमई गरेर साथीसँग कोठातर्फ फर्किँदै गर्दा आरसीलाई गाडीले ठक्कर दिएको थियो । दुर्घटनापछि कम्पनीका म्यानेजर इन्द्र सुनारले परिवारलाई घटनाबारे जानकारी गराएका थिए ।

आरसी केही वर्ष अघि वैदेशिक रोजगारीका लागि साउदी अरब गएका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

आरसीको शव नेपाल ल्याउने प्रक्रिया अघि बढाउन परिवारका तर्फबाट कपुरकोट गाउँपालिकामा निवेदन दिइएको परिवारले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?