© 2026
काठमान्डौँ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि राष्ट्रिय टोली घोषणा गरेको छ ।
क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा सन्दीप लामिछानेसहित आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्सन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल छन् ।
कुशल भुर्तेल भने टोलीमा परेका छैनन् ।
लिग–२ का खेलहरू यही अक्टोबर ७ देखि ओमानमा सुरु हुँदैछन् ।