© 2026
काठमान्डौँ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ ।
प्रधानमन्त्रीको कार्यालयका अनुसार बुधबार बिहानसम्म कृष्णभिरमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको हो । काम सकिएसँगै भोलिदेखि राजमार्गमा पूर्णरूपमा सवारीसाधन सञ्चालन हुनेछन् ।
भोटेकोशीमा विनाशकारी बाढी आएको चार दिनपछि, अर्थात् १४ भदौमा त्रिशूलीमा आएको बाढीले कृष्णभिरमा सडक कटान गरेपछि पृथ्वी राजमार्ग अवरुद्ध हुँदै आएको छ ।
२८ भदौमा केही हेभी सवारीसाधन पास गराएर नयाँ ट्र्याकको परीक्षण गरिएको थियो । तर, काम पूर्णरूपमा नसकिएको भन्दै सवारीसाधनलाई नियमित रूपमा सञ्चालन गर्न दिइएको थिएन ।
पृथ्वी राजमार्ग बन्द भएपछि सो मार्ग भएर चल्ने ठूला तथा साना सवारीसाधन वैकल्पिक राजमार्ग प्रयोग गर्दै काठमाडौं आउजाउ गरिरहेका छन् ।